आर्थिक नगरीमै राजस्व लक्ष्य न्यून

वीरगन्ज । आर्थिक नगरीभित्रकै आन्तरिक राजस्व कार्यालय लक्षित राजस्व संकलनमा चुकेको पाइएको छ । मुलुककै आर्थिक नगरीका नामले परिचित वीरगन्जस्थित आन्तरिक राजस्व कार्यालय गत आर्थिक वर्ष २०८०–०८१ को राजस्व संकलन लक्ष्यमा चुकेको पाइएको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगन्जले लक्ष्य भेट्न २७ दशमलव शून्य ७ प्रतिशतले चुकेको तथ्यांकले पुष्टि गरेको छ । यो भनेको यो कुल लक्ष्यमा २ अर्ब ५३ करोड ९७ लाख ६१ हजार रुपैयाँले कमी हो ।

राजस्व विभागले आन्तरिक राजस्व कार्यालय वीरगन्जलाई गत आवका लागि ९ अर्ब ४१ करोड ९७ लाख ९३ करोड रुपैयाँको लक्ष्य दिएको थियो । त्यसमा सो कार्यालयले जम्मा ६ अर्ब ८७ करोड ३२ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको तथ्यांकले देखाएको छ ।

राजस्वका विभिन्न परिसूचकमध्ये एउटा मूल्य अभिवृद्धि करतर्फ मात्र लक्ष्यनजिक अर्थात् ९८ दशमलव ७५ प्रतिशत राजस्व संकलन गर्न सकिएको आन्तरिक राजस्व कार्यालय वीरगन्जको तथ्यांकमा उल्लेख गरिएको छ । अन्य सूचकहरूतर्फ भने खासै सन्तोषजनक अवस्था नभएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख ढाकाराम तिवारीले बताए ।

विभिन्न ६ परिसूचकमध्ये इन्कम ट्याक्स (आयकर)तर्फ पनि लक्ष्यको ७६ दशमलव ७१ प्रतिशत मात्र राजस्व संकलन भएको उनको भनाइ छ । डिस्टिलरी उद्योगहरूबाट आन्तरिक राजस्व कार्यालयले अलि बढी राजस्व संकलन गर्ने गरेकामा गत वर्ष यस कार्यालय मातहत पर्ने हिमालयन डिस्टिलरीले खपत घटेको भनी खासै राजस्व बुझाउन सकेन । फलतः अन्तःशुल्कतर्फको राजस्वमा अपेक्षाकृत प्रतिफल पनि नदेखिँदा लक्ष्यभन्दा कम हुन गएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख तिवारीले बताए ।

आयकर, घरभाडा, ब्याज कर, मूल्य अभिवृद्धि, अन्तःशुल्क र हेल्थ सेवा गरी विभिन्न ६ परिसूचकबाट कार्यालयले राजस्व संकलन गर्छ । तर, तीमध्ये ब्याजतर्फ पनि लक्ष्यको ६९ दशमलव ७९ प्रतिशत मात्र दायरा भेटिएको आन्तरिक राजस्व कार्यालयको तथ्यांकमा उल्लेख छ । अन्य परिसूचकहरूमा भने लक्ष्यको ६० प्रतिशत कुनैमा पनि कट्न सकेको देखिँदैन ।

६ परिसूचकमध्ये सबैभन्दा बढी राजस्व संकलन गरिएको भनेको मूल्य अभिवृद्धि करतर्फ विभागले राजस्व लक्ष्य २ अर्ब २३ करोड १६ लाख २५ हजार रुपैयाँ दिएको थियो । यसमा २ अर्ब २० करोड ३७ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरी मुख्य लक्ष्यको भारमा ठूलो योगदान गरेको कार्यालयले दाबी गरेको छ ।

यसैगरी, दोस्रो बढी राजस्व संकलन भएको परिसूचकमध्ये आयकरतर्फ पनि २ अर्ब ८३ करोड ५५ लाख ७५ हजार लक्ष्य पाएकामा २ अर्ब १७ करोड ५२ लाख २७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

हेल्थ सेवातर्फको परिसूचकमा भने १ प्रतिशत पनि राजस्व संकलन भएको तथ्यांकमा देखिँदैन । यता, आव २०७९–०८० को तुलनाभन्दा समग्रमा चाहिँ थोरै प्रगति गर्न सकिएको कार्यालयको दाबी छ । अघिल्लो आवचाहिँ कुल लक्ष्यमा ६७ दशमलव २ प्रतिशत मात्र दायरा भेटिएको थियो । तर, गत आव त्यस दरलाई अलि बढाएर ७२ दशमलव ९३ पु¥याउनसके पनि लक्ष्य भेट्न भने नसकिएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख तिवारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको विषयमा झडपदेखि मतपेटिका आगजनीसम्म