आमा बनेका अभिनेत्रीलाई चलचित्रमा फर्कन सकस

काठमाडौं । अभिनेत्री प्रियंका कार्की कोभिडपछि चलचित्र ‘रावायण’ बाट चलचित्र फर्कँदै छिन् । करिब आधा दशकपछि उनी चलचित्रमा शीर्ष मध्यको भूमिकामा फर्कन लागेकी हुन् ।

छोरीको आमा बनेपछि मोटाएर ९० केजी पुगेकी यी अभिनेत्रीले चलचित्रमा फर्कनकै लागि आफ्नो तौल गत वर्ष ६० केजीमा झरिन् । तर उनले मुख्य नायिकाको रुपमा चलचित्रमा मुख्य भूमिका पाईनन् । त्यसपछि उनी म्युजिक भिडियोबाट अभियनमा फर्किईन् ।

यो एक वर्षमा उनले करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिन् । हुन त गत वर्षमात्र एउटा चलचित्रको तीज सम्बन्धि प्रोमोसन गीतमा उनलाई अभिनय गराईयो । तर उनको नृत्यलाई चलचित्रमा समेटिएन् ।

यिनै अभिनेत्रीलाई सुदर्शन थापाले तीन महिना अघि चलचित्र रावायणमा सह अभिनेत्रीको रुपमा शिर्ष भूमिकामा समेटेका छन् । रावायण अहिले प्रदर्शनको तयारीमा छ भने यी अभिनेत्री अर्को चलचित्र माईलीमा पनि आबद्ध भएकी छिन् ।

एक समयकी व्यस्त अभिनेत्री प्रियँका कार्कीलाई कोभिड अघिसम्म चलचित्रको मुख्य भूमिकामा नायिकाको रुपमा भ्याई नभ्याई थियो । विवाहपछि उनलो काम पाउने क्रम घट्यो । अझ आमा बनेपछि त उनी चलचित्र बिहिन भईन् । प्रियँकालाई कमब्याक हुन उनलाई निकै गाह्रो प-यो । अन्तत यतिबेला उनी चलचित्र रावायण मार्फत दर्शकमाझ आउँदैछिन् ।

स्वेता खड्का

प्रियँका मात्र हैन, थुप्रै अभिनेत्रीहरु आमा बनेपछि चलचित्रमा पुन फर्कने तयारीमा छन् । अभिनेत्री प्रियँका कार्की जस्तै अर्की अभिनेत्री स्वेता खड्का पनि पुन चलचित्रमा फर्कने योजनामा छिन् । तर उनले त्यसको लागि तयारी गरेकी छैनन् ।

उनी दुई वर्ष अघि आमा बनेकी हुन् । राम्रो चलचित्र पाएमा ६ महिनामा आफुलाई फिट बनाएर उनी चलचित्रमा आउने योजनामा छिन् । अहिले आफ्नो ब्यबसायसँगै छोरीको हेरचाहमा उनले समय दिने गरेकी छिन् । बाहिरी व्यानरको चलचित्रमा चित्त बुझ्दो भूमिका नआएमा आफ्नै लगानीमा उनी एक दुई वर्षपछि चलचित्र निर्माण र अभिनयमा फर्कने छिन् ।

पछिल्लो चलचित्र हिजो आजको कुरा र कौसिदमा अभिनय गरेपछि अभिनेत्री ऋचा शर्मा आमा बनिन् । यी अभिनेत्री पनि नायिकाको रुपमा पुन चलचित्रमा आउने तयारीमा छिन् । राम्रो चलचित्र पाएमा उनी ‘कमब्याक’ गर्ने बताउँछिन् । तीन महिना अघि रिलिज भएको चलचित्र ‘डिग्री माईला’मा उनी अतिथि भूमिकामा थिईन् ।

ऋचा शर्मा

अभिनेत्री ऋचा पनि राम्रो चलचित्रमा शिर्ष भूमिकाको पर्खाईमा छिन् । छोरा हुर्कँदै गाएका कारण बिस्तारै आफु फुर्सदिलो भएको यी अभिनेत्रीको कथन छ । आमा बनेपछि कमेडी च्याम्पियनको निर्णायकमा पुन फर्किएकी उनी आउँदा दिनमा चलचित्र निर्माण समेत गर्न सोचमा छिन् ।

ऋचाको अनुभवमा आमा बनेको केही समयसम्म छोराछोरी सानै हुनेहुँदा निर्माता निर्देशकले तत्कालै आमा बनेका नायिकालाई काम दिन चाहँदैनन् । सोही कारण पनि आमा बनेकी अभिनेत्रीहरुलाई चलचित्रमा नायिकाको रुपमा फर्कन गाह्रो पर्ने गरेको ऋचाको कथन छ ।

अविवाहित अभिनेत्रीको तुलनामा विवाहित भएपछि अभिनेत्रीहरुले चलचित्रमा काम पाउने क्रम घट्न थाल्छ । आमा बनेपछि कतीपय अभिनेत्रीहरुको चलचित्रमा अभिनय यात्रा नै रोकिने गरेका छन् । केही अभिनेत्रीहरु चलचित्रमा नायिकाकै रुपमा फर्कन चाहे पनि विवाह अघिको जस्तो शिर्ष भूमिकामा उनीहरुलाई काम दिईँदैन । त्यसैले आमा बनेकी अभिनेत्रीहरुलाई मुख्य भूमिकामा पुनआगमनको लागि कठिन हुने गरेको हो ।

रेखा थापा

गत वर्ष आमा बनेकी अभिनेत्री रेखा थापासँग बाहिरी चलचित्र हैन । तर आफ्नै व्यानरको चलचित्रबाट कमव्याक गर्दैछिन् । अबको ६ महिनापछि नयाँ चलचित्र ‘कली २’ निर्माण गर्ने योजना यी अभिनेत्रीले सुनाएकी छिन् । जसको लागि आफ्नो फिटनेश बनाउन उनी चाँडै जिम जाँदैछिन् । अरु अभिनेत्रीको तुलनामा रेखा थापा आमा बनेर पनि चाँडै चलचित्रमा फर्कने योजनामा छिन् ।

विवाहपछि आमा बनेकी अर्की अभिनेत्री रेजिना उप्रेतीलाई चलचित्रमा नायिकाको रुपमा फर्कन नौ वर्ष लाग्यो । उनले नायिकाको रुपमा अभिनय गरेको चलचित्र मोदीबेनी यतिबेला चलचित्र घरमा रिलिज भईरहेको छ,‘आमा बनेको तीन वर्षपछि नै म नायिकाको रुपमा चलचित्रमा आउन चाहन्थेँ ।

रेजिना उप्रेती

तर भनेको जस्तो भूमिका नपाएपछि चलचित्रमा आउन मलाई नौ वर्ष लाग्यो ।’ रेजिनाले भनिन्,‘आमा बनेपछि विवाह अघिको सक्रिय नायिकालाई सोही रुपमा चलचित्रमा काम पाउन गाह्रो हुँदो रहेछ । आमा बनिसकेका नायिकाहरुलाई निर्माण पक्षले हेर्ने नजर केही फरक छ ।’ उनले आफ्नो अनुभव सुनाईन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो