रोयल जेली एक जिलेटिनस पदार्थ हो । यो माहुरीको आहारा हो । कर्मी माहुरीलाई तीन दिन र रानी माहुरीलाई पुरै दिन यो खाना खुवाइन्छ । यसलाई जेली मह पनि भनिन्छ ।
रोयल जेली शारीरिक बिरामी, पुराना रोग, तथा अशक्तिपना हटाउन अति उपयुक्त हुन्छ । यसको पहिचान र संकलनको प्राविधिक ज्ञान भएपछि हाल रोयल जेली मानिसका लागि पनि औषधिका रूपमा प्रयोगमा आउन थालेको छ ।
रोयल जेलीका फाइदा:
रोयल जेली कोशिका वृद्धि तथा प्रजनन उपचारका लागि उत्तम मानिन्छ । यसमा पानी, प्रोटिन, भिटामिन, चिनी, नुन र एमिनो एसिडको समिश्रण हुन्छ ।
एन्टिअक्सिडेन्ट र एन्टी–इनफ्लामेन्ट्री गुणले भरिपूर्ण हुनाले रोयल जेली सेवनबाट तनाव वा चिन्ता कम गर्न सकिन्छ । यसले मनोरोग सन्चो पार्न सघाउ पु-याउँछ ।
यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ । घाउ तथा छालालाई चोटपटकबाट निको पार्न मद्दत गर्छ । यसले ब्लड प्रेसर नियन्त्रण गर्छ । यसमा भएको प्रोटिनले नसा र धमनीलाई सशक्त बनाएर राख्छ ।
यसले दिमाग तिखो र सोचले काम गर्ने गराउँछ । मानिसलाई बढी विवेकी बनाउँछ । रोयल जेली बिफिडोब्याक्टेरियाको राम्रो स्रोत हो । यो ब्याक्टेरिया मानिसको मित्र हो । यसले पाचन स्वास्थ्य राम्रा बनाउँछ ।
मोटो मानिसका लागि मोटोपन घटाउन मद्दत गर्छ । यसले छाला चिल्लो र आकर्षक बनाउँछ । रोयल जेलीलाई क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । रोयल जेली किमोथेरापीसरह औषधि हुन्छ ।