दैलेख । दैलेखमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका–८ की १९वर्षीया धनसोभा विकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
अत्यधिक रक्तस्राव भएपछि आईतबार बिहान करिब ९ बजे तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको उनले जानकारी दिए ।
जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बिनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनले भने, ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)






