पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा १० फागुनमा राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा… Continue reading पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले… Continue reading आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन् । ‘सिनेमा घर’सहित विभिन्न डिजिटल प्लेटफर्ममबाट नेपाली चलचित्रलाई पाइरेसी गरेको भन्दै सुजनलाई प्रहरीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको हो । ‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको… Continue reading दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन् । ‘सिनेमा घर’सहित विभिन्न डिजिटल प्लेटफर्ममबाट नेपाली चलचित्रलाई पाइरेसी गरेको भन्दै सुजनलाई प्रहरीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको हो । ‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको… Continue reading दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

सांकेतिक तस्वीर

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ । दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र… Continue reading टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग… Continue reading घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा… Continue reading सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

छोराले गरे बाबुको हत्या

सांकेतिक तस्वीर

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका ३२, महकुना बस्दै आएका ३४ वर्षी रामकृष्ण कामीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय डाँडाकोनाकको प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । गत आइतबार… Continue reading छोराले गरे बाबुको हत्या

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो । घरको झ-याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा… Continue reading बाबुको हत्या अभियोगमा छोरा पक्राउ

फिर्ता हुँदै पूर्वभीआईपीका सुरक्षाकर्मी

काठमाडौं । सरकारले पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खट्दै आएका करिब ४ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । गृह मन्त्रालयका अनुसार बिहीबारसम्म सशस्त्र प्रहरीबाट पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका २ सय ४० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । यसैगरी, नेपाल प्रहरीतर्फबाट पूर्वभीआईपीका सुरक्षामा खटिएका १ सय ४० सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले… Continue reading फिर्ता हुँदै पूर्वभीआईपीका सुरक्षाकर्मी

भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ । प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेको भए पनि प्रमाण देखाउनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेको भागरथीका आफन्तले बताएका छन्… Continue reading भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

हिरासतमै प्रहरिको कुटाईबाट बालकको मृत्यु

सांकेतिक तस्वीर

जुम्ला । जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतक बुढा सहित उनका ७ जना साथीहरुलाई माघ १८ गते मोवाईल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सोधपुक्षको क्रममा प्रहरिले शारिरिक तथा मानसिक यातना… Continue reading हिरासतमै प्रहरिको कुटाईबाट बालकको मृत्यु

भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हत्यामा संलग्न रहेको साबिती बयानका आधारमा भागिरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा नै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । भागरथी सो… Continue reading भागरथी जब घरबाट हिँडिन्…

भागरथी हत्या प्रकरणको अनुसन्धान अझै कमजोर

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान अझै सशक्त बन्न सकेको छैन । अनुसन्धान कमजोर हुँदा हत्यारा उम्कन सक्ने खतरा बढ्दो छ । यद्यपि प्रहरीले सो घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर, ती व्यक्ति नै संलग्न रहेको भन्ने प्रशस्त आधार प्रहरीले फेला… Continue reading भागरथी हत्या प्रकरणको अनुसन्धान अझै कमजोर

सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले मंगलवार नयाँ बसपार्कबाट पक्राउ गरिएको हो । उनी वरुद्ध सपनाले उजुरी दिएकी थिइन् । सपना तिनै हुन् जो, विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् ।… Continue reading सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

बाख्रा हेर्न गएकी छ वर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ

पोखरा । बालिकालाई जबर्जस्ती करणी अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा २ का ५२ वर्षीय नामदेउ कुमाल रहेका छन् । उनले गत शनिबार बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई कुमालविरुद्ध जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी… Continue reading बाख्रा हेर्न गएकी छ वर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ

हत्याराले औंठी छाडे, त्यहि औंठीबाट खुल्यो घटनाको रहस्य

बारा । महागढिमाई नगरपालिका वडा नम्वर १ बरियारपुरकी महिला हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतककी छिमेकी घनश्वेरी कुशवाहाले लालबाबु प्रसाद कुशवाहालाई परिचालन गरि कान्तिदेविको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए । आईतवार राति कान्तिदेवीको घरमै हत्या भएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा रातो गम्छा… Continue reading हत्याराले औंठी छाडे, त्यहि औंठीबाट खुल्यो घटनाको रहस्य

पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते

काठमाडौं । पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ। बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरीका दुई जवान गम्भीर घाइते भएका छन्। घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी… Continue reading पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधमफिर्ता

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो । गृह मन्त्रालयको प्रस्तावमामन्त्रिपरिषद्ले केहीसमयअघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धीकार्यविधि २०७७पारित गरेको थियो । नयाँ स्वीकृत कार्यविधिअनुसार अब पूर्वराष्ट्रपतिले २१ जना,… Continue reading भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधमफिर्ता

सोधेको कुरा नजानेको भन्दै १० वर्षिय विद्यार्थीलाई शिक्षकले कुटेरै मारे

सांकेतिक तस्वीर

दमक । झापाको कन्काई नगरपालिका स्थित चम्पापुर माध्यमिक विद्यालयका विद्यार्थीको कुटपीटबाट मृत्यु भएपछि प्रधानाध्यापक र अर्का एक शिक्षक बुधवार साँझ पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थी कृष्ण राजबंशीको मृत्यु भएपछी प्रहरीले खरिदार पदमा कार्यरत रवीन मगर र प्रधानाध्यापक विष्णु कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यालयको कार्यालय सहायक… Continue reading सोधेको कुरा नजानेको भन्दै १० वर्षिय विद्यार्थीलाई शिक्षकले कुटेरै मारे

शिकार खेल्न जाँदा दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु

सांकेतिक तस्वीर

तुलसीपुर । भाइले हानेको गोली लागेर दाईको मृत्यु भएको छ । जिल्लाको दाङ गढवा गाउँपालिका – २ चिमचिमे तिलतिले डाडाँ बस्ने बर्ष २७ को सुर्य बहादुर राना थापामगरले हानेको गोली लागेर उनका सहोदर दाजु ३९ बर्षका ईन्द्र बहादुर राना थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । दाजुभाई सिकार खेल्न… Continue reading शिकार खेल्न जाँदा दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु

डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान

सप्तरी, राजविराज । नेपाल टेलिकमको उपकरण लुटपाटमा संलग्न मुख्य अभियुक्त भनिएका सिरहाको लाहन नगरपालिका १३ निवासी राकेश यादव कारागार चलान भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका २ स्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमद्वारा जडान गरिएको टावर उपकरण लुटपाट गरेको आरोपमा लुटिएका केही उपकरणसहित पक्राउ परेका यादवलाई बुधबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान… Continue reading डाका मुद्दाका मुख्य अभियुक्त कारागार चलान

‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस… Continue reading ‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । २१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या… Continue reading भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

बैतडीमा बाबुले गरे माइत बसेकी २० वर्षीया छाेरीकाे गाेली हानी हत्या

सांकेतिक तस्वीर

बैतडी। बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् । शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए… Continue reading बैतडीमा बाबुले गरे माइत बसेकी २० वर्षीया छाेरीकाे गाेली हानी हत्या

बिहान स्कुल गएकी किशोरीको साँझ विभत्स शब भेटियो

काठमाडौं । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानिय जंगलमा शब फेला परेको हो । बुधबार घरबाट विद्यालय गएकी किशोेरी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्दै जाँदा जंगलमा शव भेटिएको थियो ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको… Continue reading बिहान स्कुल गएकी किशोरीको साँझ विभत्स शब भेटियो

नेकपा नेता पुरीसहित छ जना विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा

दमक । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य रवतराज पुरी ‘गगन’ बिरुद्ध सरकारी सम्पत्ति हडपेको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनी सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । सीआइबीले दमक–८ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा… Continue reading नेकपा नेता पुरीसहित छ जना विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा

किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो एक्लै भएको मौका पारी तलले जबरजस्ती करणी गरेका थिए । उनी माथी जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ

काठमाडौं । समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिपुरेश्वरस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।… Continue reading चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ

६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले बालिकालाई बेचबिखन गर्न लगेको भन्ने जानकारी पाएपछि जटही प्रहरी चौकीबाट खटिएको प्रहरीले नगराईन नगरपालिका–२ स्थित सडकमा फेला परेका थिए । महतो माथी मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान… Continue reading ६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने पक्राउ