सीमा सुरक्षा गुल्म पशुपतिनगरले चार महिनामै गर्‍यो साढे १६ लाख रुपैयाँ बढी अवैध सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगर, इलामले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी भएका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँबराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।

सो अवधिमा गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थलगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमध्ये १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५७० किलो फर्सीको बियाँलगायतका सामान तथा चौपाया रहेका छन् । उक्त सामानहरू सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेसहितको संयुक्त टोलीले बरामद गरिएको थियो ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ । मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट काम गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाको फिल्ड कमान्ड पनि अब्बल देखिएको छ । उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

मिडिया समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डीएसपी सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले फिल्डमा समेत उत्कृष्ट कार्य गरेका छन् । विगतमा समेत राष्ट्र र संगठनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे बापत उनलाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा तत्कालील सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

त्यस्तै उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरूको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरे बापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ मा IG APF Commendation (सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा) प्रदान गरिएको थियो ।

आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करिब ७ वर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । थापा सञ्चारमाध्यमसँगको समन्वयमा बढी नै दक्खल राख्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै