मदनदास श्रेष्ठ, बालेन शाह र सुनिता डंगाेलले काठमाडाैंकाे मेयरमा उम्मेद्वारी दिने


काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन ।

आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पुर्व मिस नेवा: तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन ।

मोडेल तथा मिस नेवा: डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन ।

बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

epaper

ताजा समाचार

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका