नवलपरासीमा कोइला बोक्ने भारतीय गाडी भित्रिदा स्थानीयमा त्रास

नवलपुर । पश्चिम नवलपरासीमा भारतीय मालबाहक ट्रकहरु आउने क्रम नरोकिए पनि स्थानीयमा त्रास छाएको छ । भारतमा कोरोनाको संक्रमण दिनानु दिन बढ्दै गएको अवस्थामा भारतबाट कोइला लगायतका सामग्री छोड्न पश्चिम नवलपरासीमा मालवाहक सवारी साधन आउन नरोकिए पनि स्थानीयमा त्रास बढेको हो ।

अहिले खाद्यान, ईन्धन, औषधिजन्य सागम्री र विभिन्न उद्योगहरुका लागि कच्चा पदार्थ बोकेका मालबाहाक गाडीहरु दिनहुँ सयौंको संख्यामा भारतीय मालबाहक सवारी साधनहरु नेपाल भित्रने क्रम जारी छ ।

सरकारले भारतसंग जोडिएका सवै नाकाहरु आवतजावत पनि नहुनेगरी सिल गरे पनि केही नाकाहरुबाट अत्यावश्यक बस्तुहरु आयात गर्नका लागि अनुमती भने दिएको छ । रुपन्देहीको बेलहिया नाकाबाट पनि दैनिक रुपमा यस्ता गाडीहरु भित्रि रहेका छन् ।

सिमानाकाबाट भित्रने गाडीहरु भन्सार पास गरी सिधै गन्तब्यतर्फ लाग्दा त्यसैका माध्यमबाट कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै रहेको हुन्छ । चालक सहचालकहरुले नत कुनै सुरक्षा सामाग्री प्रयोग गरेका हुन्छन् नत आयातित सामानहरु निश्चत समय तोकेर क्वारेन्टाईनमा राख्ने गरिएको छ ।

यसैबीच पश्चिम नवलपरासीमा स्थानीय सर्वसाधारणहरुले भारतबाट आएका सवारीसाधनलाई रोक लगाउन सुरु गरेका छन् । पश्चिम नवलपरासीमा धैरै उद्योगहरु रहेको र ति उद्यागका लागि आवश्यक कच्चा पदार्थ भारतबाटै आयात हुने गरेको छ । कोरोना संक्रमण फैलिरहेको समयमा पनि कुनै सुरक्षाका उपाय अवलम्बन नगरी सिधै मालबाहक गाडिहरु आवतजावत गर्दा जोखिम बढेको भन्दै जिल्लाका स्थानियहरुले सवारीसाधनलाई नियन्त्रणमा लिने र रोक लगाउन थालेका हुन् ।

पश्चिम नवलपरासीमा संचालन भैरहेका ईट्टा भट्टाका लागि आवश्यक कोईला सहितका भारतीय मालबाहक सवारी साधनहरु संगै स्टिल फ्याक्ट्रीका लागि आवश्यक कच्चा फलाम लिएर आएका गाडीहरुलाई स्थानीयहरुले रोक्न थालेका हुन् ।

बर्दघाट नगरपालिकाको वडा नम्बर १२ र १३ मा यूवाहरुले स्वयमसेवक समूह गठन गरेर दुई वडा भित्र रहेको गणपति चाईनिज ईट्टा भट्टामा कोईला छोडेर फर्किदै गरेका ८ वटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बर्दघाटको जिम्मा लगाएका छन् । ति ट्रकहरु पास नलिई आएको थाहा पाएपछि स्थानीय युवाहरुले प्रहरीको जिम्मा लगाएका हुन् ।

त्यसैगरी नवलपरासीका विभिन्न ईट्टा भट्टाकै लागि आवश्यक कोईला लिएर आएका ६ वटा भारतीय नम्बर प्लेटका ट्रकलाई कोईला छोडेर फर्किदै गर्दा नियन्त्रणमा लिएर इट्टा भट्टामै फर्काईदिएका छन् ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले आफूहरुले पास नभएका सवारी साधनलाई सञ्चालनमा रोक लगाएको र सडकमा चेकजाँच बढाएको बताए तथापि पश्चिम नवलपरासीमा अहिले पास नलिई सामग्री ढुवानी गर्ने सवारी साधनहरु फेला पर्ने गरेका बर्दघाट १३ का वडा स्तरीय अनुगमन समितिका संयोजक एवम् युवा संघ नवलपरासीका पूर्व जिल्ला अध्यक्ष कुमार आलेले बताए ।

प्रमुख जिल्ला अधिकारी दाहालले अहिले नवलपरासी जिल्लाका भारतसँग सीमा जोडिएका सबै नाका रहेको तर रुपन्देहीको बेलहियाबाट खाद्यान्न, औषधीसहित उद्योगका लागि कच्चा पदार्थ र निजी ईट्टा भट्टाका लागि आवश्यक कोइला बोकेका गाडीहरु भन्सार पास गराएर आएपछि आफुले रोक्न नसक्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 540 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम