के हो विपन नर्सरी ? सशस्त्र प्रहरीले पहिलोपटक ल्यायो सञ्चालनमा

काठमाडौं । नर्सरी भन्नेबित्तिकै हामी कुनै कलिला बोटबिरुवालाई रोप्नका लागि अर्को स्थायी ठाउँसम्म नलैजाँदा अत्यन्तै स्याहार सुसार गरिने ठाउँ वा स्थानलाई बुझ्छौं । यस्तै, सानासाना बालबालिकालाई खेल्दै पढ्दै अध्ययन अध्यापन गराउने शिशु कक्षाका रूपमा पनि हामी नर्सरीलाई बुझ्छौं ।

पछिल्ला दिनमा भने सुरक्षा निकायमा पनि नर्सरीको अवधारणा आएको छ, (Weapon Nursery) अर्थात् हतियार नर्सरीको नाममा । र, यसलाई सुरुवात गर्ने काम गरेको छ सशस्त्र प्रहरी बल नेपालले ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार मात्रै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती समादेशक रहेको सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा स्थापना गरिएको विपन नर्सरीको उद्घाटन गरेसँगै यस विषयले धेरैलाई तानेको छ । सुन्दै अनौठो लाग्ने विपन नर्सरी भनेको के हो ? यसले के काम गर्छ ? यसका फाइदाहरू के के छन् ? सुरक्षा निकायको हकमा यो के कति प्रभावकारी छ भन्ने विषयमा हामीले खोतल्ने प्रयास गरेका छौं ।

विशेषतः हतियार, हतियारको प्रयोग, यसका विविध सिद्धान्तलाई स्मरण गर्न सजिलो हुनेगरी व्यावहारिक ज्ञान दिलाउने सहज माध्यम विपन नर्सरी (Weapon Nursery) हो ।

हामीलाई प्राप्त भएको सूचनाअनुसार, सुरुसुरुमा भर्ना भई तालिमका लागि छनोट भएका नयाँ प्रशिक्षार्थीलाई हतियारको परिचय, प्रयोग, सही फायरिङलगायतका विविध विषयमा ज्ञान दिने उद्देश्यले जमिनमा हतियार प्रयोगका विभिन्न सिद्धान्तलाई अवलम्बन गरी विविध किसिमका आकृति बनाई व्यावहारिक ज्ञान दिने उद्देश्यले तयार गरिएको तालिम सामग्रीहरूको समष्टिगत रूप हो, विपन नर्सरी ।

जसरी स्वस्थ बिरुवा राम्रो हुर्काउन नर्सरी तयार गरिन्छ, त्यसरी नै हतियार प्रयोगका विविध सिद्धान्तलाई व्यावहारिक ज्ञान दिन यो नर्सरीको विकास गरिएको हो । यसबाट नयाँ प्रशिक्षार्थीले किताब, नोटमा पढेका कुरा आकृतिमार्फत सहजै बुझ्न सक्छन् । साथै, राम्रोसँग स्मरण गर्न पनि सक्छन् ।

यसबाट विविध ज्ञान दिलाउन सकिन्छ । जुन निम्न बमोजिम छन्
१. हतियार फायर गर्दा कसरी सही सिस्ता मिलाएर फायर गरिन्छ र के–कस्ता गल्तीले फायर राम्रो हुन सक्दैन सजिलै जानकारी पाउन सकिन्छ ।
२. हतियार फायर गर्दा आफ्नो गल्ती के हो ? प्रशिक्षार्थीले सहजै थाहा पाई त्यसलाई सुधार गरी सही निसाना लगाउन सक्छन् ।
३.थेउरी अफ स्मल आर्म्स (Theory of Smlla arms)लाई आकृतिमार्फत नै बुझ्न सकिन्छ । यसबाट गोलीको उडानमा असर पार्ने कुराहरूको पूर्ण जानकारी अटोमेटिक फायरसँग सम्बन्धित परिभाषाहरू र स्मल आर्म्स (Smlla arms)को सिद्धान्त’bout पूर्ण रूपमा ज्ञान दिन्छ ।
४. विभिन्न किसिमका आडहरूको प्रयोग कसरी गर्ने ? कस्तोकस्तो अवस्थामा कसरी फायर गर्ने ? कुन आडमा कुन पोजिसनमा फायर गर्ने ? आड कस्तोकस्तो हुनसक्छ ? प्राकृतिक, कृत्रिम आडको प्रयोग कसरी गर्न सकिन्छ ? जस्ता विषयमा जानकारी दिन्छ ।
५. लडाइँको अवस्थामा कस्तो खालको सुरक्षित पोस्ट निर्माण गर्नुपर्छ ? कसरी फायर गर्नुपर्छ ? कसरी सुरक्षित रहनुपर्छ ? आदि विषयमा जानकारी दिन्छ ।


६. हावाको बेगलाई ध्यानमा राखेर कसरी फायर गर्नुपर्छ ? यस विषयमा जानकारी दिन्छ ।
७. सुरु–सुरुका प्रशिक्षार्थीलाई ग्रिनेड उचाई र गोलाइको साथ के कति रेञ्जमा कसरी फाल्ने भनी र आफू कसरी सुरक्षित हुने भन्ने कुराको जानकारी दिन्छ ।
८. टार्गेट कस्तो हुन्छ ? कति प्रकारको हुन्छ ? कस्तो–कस्तो हतियारबाट कसरी टार्गेटमा सही निसाना लगाउन सकिन्छ ? यस’bout जानकारी दिन्छ ।
९. आफ्नो सिस्तालाई कसरी दुरुस्त बनाउने ? थाहा हुन्छ ।
१०. एमिङ बक्स एक्सरसाइज गराई प्रशिक्षार्थीहरूलाई सिस्ताको गल्ती चेक गर्ने, सिस्तालाई सुधार्ने र सिस्ताको ग्रुपिङ बनाउने र हतियारलाई बलियो समाउने तरिकाको पूर्ण ज्ञान दिलाउँछ ।
११. विभिन्न किसिमका बोर्डमा हतियारका विविध पक्षलाई समेटेर ठूलो अक्षरमा लेखी स्पष्ट पढ्न र बुझ्न सक्नेगरी यसमा राखिएको हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 489 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारको ध्यान आनी र आईजीमा, बाढीपीडित अझै बेहालमा