‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले प्रकाशन गरेको पुस्तक ‘चलचित्र पत्रकार’ शुक्रवार काठमाडौँमा एक समारोहबिच लोकार्पण गरिएको छ । चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता संघका अध्यक्ष नबल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनलगायतले सो पुस्तक विमोचन गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्र पत्रकारिता र पत्रकारका ’boutमा धेरै कुराहरू यो पुस्तकमा समेटिएको बताए । बोर्डले पनि यो वर्ष कम्तीमा आधा दर्जन पुस्तक प्रकाशनको तयारी गरिरहेको उनले जानकारी गराए ।

कार्यक्रममा पत्रकारहरू नवराज लम्साल, प्रकाश सिलवाल र विदुर गिरीले पुस्तकको ’boutमा समीक्षात्मक भनाई राखेका थिए । चलचित्र पत्रकारिता’bout चासे राख्नेहरूको लागि नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको यो पुस्तक उपयोगी हुने उनीहरूको कथन थियो ।

चलचित्र पत्रकार संघका अध्यक्ष बलामीले अरूको ’boutमा लेख्ने गरेका चलचित्र पत्रकारहरू र यो बिट पत्रकारिताको ’bout पुस्तक नभएकाले यसलाई प्रकाशन गरेको प्रकाश पारे । उनले चलचित्र पत्रकार संघ चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिकता तर्फ उन्मुख बनाउँदै नयाँ पुस्तालाई अघि ल्याउने अभियानमा निरन्तर क्रियाशील रहेको बताए ।

यो पुस्तकमा विभिन्न पत्रकार तथा चलचित्र पत्रकारितासँग सम्बन्धित २१ वटा लेखहरू संग्रहित छन् । पुस्तकको मूल्य निजीका लागि एक हजार रुपैयाँ र संस्थागत रूपमा २५ सय रुपैयाँ राखिएको छ । पुस्तक बिक्रीबाट उठेको रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गर्ने संघका महासचिव रघुनाथ सापकोटाले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ