अभिनेत्री साम्राज्ञीले गरिन इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अब विवाह गर्ने भएकी छिन् । आफ्नो जन्मदिनको पूर्व सन्ध्यामा सोमवार बेलुका आफ्नो प्रेमीसँग विवाहको लागि ‘इंगेजमेन्ट’ गर्दै उनले औँठी साटेकी छिन् । तर उनले आफ्नो प्रेमीको नाम सार्वजनिक गरेकी छैनन् । मंगलवारबाट उनी ३० वर्षमा प्रवेश गरेकी छिन् । सोही अवसरमा आफूले ‘इंगेजमेन्ट’ गरेको तस्बिर मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले यस’bout जानकारी गराएकी हुन् ।

उनले यसै वर्ष विवाह गर्ने भने पनि विवाहको मिति खुलाएकी छैनन् । भुवन केसी निर्मित चलचित्र ‘ड्रिम्स’बाट अभिनेत्रीको रूपमा नेपाली चलचित्र आएकी साम्राज्ञीसँग पछिल्लो समय चलचित्र थिएन ।

एउटा चलचित्र ‘आहुति’मा उनी आबद्ध भए पनि ६ महिना अघि आधा छायांकन भएर यो चलचित्र रोकिएको छ । यी अभिनेत्रीले ‘ड्रिम्स’पछि ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लन्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’, ‘ह्यारी कि प्यारी’, ‘लन्डन टु पेरिस’ जस्ता चलचित्रमा अभिनय गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री सुशीलासँग विकेश साहको प्रश्न, ‘जेनजी हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ ?’