पुस्तक प्रदर्शनी गरेर साझाले मनाउँदै स्थापना दिवस

राजविराज । साझा प्रकाशनले पुस्तक प्रदर्शनी गरेर आफ्नो स्थापना दिवस मनाउन लागेको छ । यसै अवसरमा सो संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबारदेखी पुस्तक प्रदर्शनीको सुरु गरेको छ ।

पुस्तक प्रदर्शनीको आमसञचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले एक कार्यक्रमकाबीच उदघाटन गरेका छन् । सो अवसरमा उनले अहिलेको युगमा पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नुपर्नेमा अध्यक्ष खड्काले जोड दिए ।

उनले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको संरक्षणमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्दै शैक्षिकस्तर सुधार, प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका तथा लेखक, कवि, पत्रकार र श्रस्टाहरुको लगानी रहेको साहित्यिक संस्था साझा प्रकाशनको उत्थानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

१५ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् । एक हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी पुष १ गतेसम्म चल्ने र उक्त अवधीभर विभिनन विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन