‘खुल्लामञ्चलाई अपांगतामैत्री बनाउने सामुहिक प्रतिवद्धता’

३४ औं अन्तराष्ट्रिय अपांगता दिवस
सिन्धुली । सिन्धुलीको खुलामञ्च अपांगतामैत्री नभएपछि बुधबार सिन्धुलीमा क्रियाशिल अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले उक्त स्थानलाई अपांगतामैत्री बनाउन काम सुरु गर्ने भएका छन् । कमलामाई नगरपालिकालाई पटक पटक अनुरोध गर्दा पनि खुलामञ्चमा जाने ¥याम नबनेको र शौचालय समेत अव्यवस्थित, फोहोर र अपांगतामैत्री नभएको भन्दै उनीहरुले आफैले काम गरेर ¥याम बनाउने, शौचालय निर्माण गर्ने उद्घोष गरेका हुन् ।

सिन्धुलीको खुलामञ्चमा ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाउँदै गर्दा उनीहरुले उद्घोष मात्र गरेनन् विहिबारदेखि काम नै सुरु गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमहरुमा अपांगता भएका व्यक्तिहरु पटक पटक खुलामञ्चमा आउनुपर्ने भए पनि संरचनाका कारण समस्या भोगिरहनु परेको भन्दै उनीहरुले सामुहिक रुपमा श्रमदानका लागि स्वयम्सेवक खटाएर अपांगतामैत्री खुलामञ्च बनाउने उद्घोष गरेका हुन् ।

खुलामञ्च र खुलामञ्चको शौचालय अपांगता भएका ह्विलचियर प्रयोगकर्ताका लागि उपयुक्त नभएको, शौचालय अव्यवस्थित, फोहोर भएकाले यसको मर्मत, निर्माणको काम आफुहरुले गर्ने गरि घोषणा गरेको नवज्योति बहिरा माविका प्रधानाध्यापक तथा अपांगता अधिकारकर्मी विजय लामाले बताए । जनज्योति मावि फोस्रेटार, नवज्योति बहिरा मावि जसेदमार, सिन्धुली अपांग महिला संघ, सिन्धुली अपांग संघ लगाएतका संघसंस्थाले अपांगमैत्री बनाउन सहकार्य गर्ने भएका छन् । लामा उद्घोष गरेपछि सबैले सहकार्यका लागि सहमति जनाएका छन् ।

सिन्धुलीको खुलामञ्चमा बुधबार अपांगता दिवस मनाईएको थियो । प्रभातफेरीका साथै अपांगता भएका व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरेर यो दिवस मनाईएको हो । कार्यक्रममा अपांगता भएका र समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा उदाहरणीय जोडी टिनु तामाङको जोडी, सफल उद्यमी इच्छे सार्की र अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल किरण श्रेष्ठ रहेका छन् । उनीहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा कलाघर सिन्धुलीका कलाकारहरुले नाटक समेत प्रस्तुत गरेका थिए ।

सिन्धुली अपांग महिला संघ, सिन्धुली अपांग संघ, अपांग कल्याण संघ, बौद्धिक अपांग अभिभावक संघ, सिन्धुली बहिरा संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा कमलामाई नगरपालिका, प्लान नेपाल, ह्याण्डस नेपाल र जनजाती समाज विकास कार्यक्रमको संयुक्त सहयोग रहेको थियो ।

सिन्धुली अपांग महिला संघका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) को अध्यक्षता एवम् कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन