पार्टी कार्यालयको तलब भत्ता लिएर काम महामन्त्री थापा र शर्माको सम्पर्क कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी कार्यालयका लागि सहसचिव स्तरको नियुक्ति दिलाएर दिनेश थापा र प्रेम विकलाई आफ्नो सम्पर्क कार्यालयमा काम लगाएको रहस्य खुलेको छ ।

स्रोतका अनुसार कांग्रेस केन्द्रीय कार्यालयको सहसचिव पदको नियुक्ति र तलब भत्ता लिएर पर्वतका प्रेम विश्वकर्मा महामन्त्री थापाको सम्पर्क कार्यालयमा काम गर्दै आएका छन् । सिन्धुपाल्चोकका दिनेश थापा कांग्रेस केन्द्रीय कार्यालयको सहसचिव पदको नियुक्ति खाएर महामन्त्री विश्वप्रकाश शर्माको सम्पर्क कार्यालयमा कामकाज गर्दै आएका छन् ।

पार्टी कार्यालयको दैनिक कामकाजका लागि डेढ वर्ष अघि नियुक्ति गरिएका थापा र विश्वकर्माले महामन्त्रीको सम्पर्क कार्यालयको कमाण्ड सम्हालिरहेका छन् । गगनको सम्पर्क कार्यालयमा काम गर्दै आएका विश्वकर्माले पार्टी कार्यालयबाट ल्यापटसमेत लिएको स्रोतको दाबी छ ।

विधि पद्धति, सुशासन र पारदर्शीतको अर्ति दिएर नथाक्ने महामन्त्री यो समाचार तपाईलाई अपत्यारिलो लाग्न सक्छ । तर, वस्ताविकता यही हो । महामन्त्रीद्वयले तलव भत्ता आफै व्यवस्था गर्ने भनेपछि पार्टी सभापति शेरबहादुर देउवाले थापा र विश्वकर्मालाई पार्टी कार्यालयमा काम काज गर्ने गरी नियुक्ति दिएका थिए । पार्टी कार्यालयका कर्मचारीमा समेत भाग खोज्ने युवा महामन्त्रीद्वयले यतिबेला कांग्रेसभित्र आफूबाहेक कोही पनि स्वच्छ छवीका नेता छैनन् भन्ने शैलीमा प्रस्तुत भइरहेका छन् ।

पार्टी सभापतिसँग भाग खोजेर पार्टी कार्यालयमा सहसचिव स्तरका दुई कर्मचरी नियुक्ति गरे लगत्तै महामन्त्रीले उनीहरुलाई आफ्नो सम्पर्क कार्यालयमा राखेर पार्टी सभापतिविरुद्ध परिचालन गरे । यतिसम्म कि थापा र विश्वकर्मालाई सभापतिविरुद्ध नै हस्ताक्षर क्याम्पियनमा सक्रिय गराइयो । तत्कालिन लोकतान्त्रिक फोरम समायोजनको समयमा विजय गच्छदाको सिफारिसमा पार्टी कार्यालयमा सचिवस्तरको नियुक्ति लिएका कृष्णप्रसाद दुलाल पनि आफ्नो पदीय मर्यादा र काम कर्तव्यलाई बिर्सिएर महामन्त्री गगन थापाको पक्षमा खुलेरै गतिविधि गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन