एक महिने भिडियोग्राफी सिक्दै गगन गौडाका चलचित्रकर्मी

काठमाडौं । मोफसलमा पनि दक्ष चलचित्र छायांकार तथा फोटोग्राफर उत्पादन गर्नको लागि चलचित्र विकास बोर्ड र मगर चलचित्रकर्मी संघले गगन गौडामा ‘१ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण’ सुरु गरेको छ ।

सो कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगन गौडाको व्यवस्थापनमा सुरु भएको हो । यो कार्यशालाको बुधवार गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले उद्घाटन गरेकी हुन् । यो प्रशिक्षण कार्यक्रमले गण्डकी प्रदेशमा पनि दक्ष छायांकार जन्मने विश्वास थापाले कार्यक्रममा व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सो कार्यक्रमको उदेश्य’bout भने, ‘चलचित्र विकास बोर्डले यो वर्षलाई दक्षता अभिवृद्धि वर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तर्गत स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले गगन गौँडामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण सुरु गरिएको हो ।’

‘गत वर्ष १४ वटा जातीय चलचित्र संगठनहरूले तालिम, कार्यशाला तथा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए, जसमा चलचित्र विकास बोर्डले सहकार्य र सहयोग गरेको थियो,’ यसले स्थानीय स्तरमै चलचित्र निर्माण, प्रविधि र सिप विकासमा महत्त्वपूर्ण योगदान बोर्डले पु¥याएको पनि अध्यक्ष डिसीले बताए ।

सो कार्यक्रमका नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले गण्डकी प्रदेश स्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता औँल्याउँदै यसले प्रदेशका चलचित्रकर्मीलाई थप अवसर र पहुँच प्रदान गर्ने धारणा राखे । यस्तै मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष तथा मगर–गुरुङ चलचित्रका पहिलो निर्देशक युवराज मास्की राना मगरले मगर चलचित्रको ऐतिहासिक पृष्ठभूमि’bout चर्चा गरे ।

कार्यक्रममा गुरुङ चलचित्रका अध्यक्ष राजबहादुर गुरुङले आदिवासी समुदायका चलचित्रहरू चलचित्र विकास बोर्डमा निःशुल्क दर्ता गरिनुपर्ने माग राखेका थिए । यस्तै मगर चलचित्रकर्मी संघका अध्यक्ष विश्वास आले मगरले कार्यक्रमको औचित्य’bout प्रकाश पारे । उनका अनुसार बुधवारबाट सुरु भएको यो प्रशिक्षण नेपाल पुन मगर समाज, तल्लो गगन गौडाको सभा हलमा एक महिनासम्म सञ्चालन चल्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार