मुस्ताङ । काठमाडौं पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।
कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)
सम्बन्धित समाचार
सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय भवन निर्माण हुने
जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते
बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु
पश्चिम नेपालबाट भित्रियो पानी पार्ने अर्को प्रणाली
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
गोली हानेर गौशाला नजिकबाट २ जना भारतीय पक्राउ






