मुम्बई । बलिउड अभिनेत्री तमन्नाह भाटियाले दायर गरेको १५ वर्ष पुरानो मुद्दालाई बिहीबार मद्रास उच्च अदालतले खारेज गरेको छ । यो मुद्दा अभिनेत्री र एक साबुन कम्पनीबिचको विवादसँग सम्बन्धित थियो ।
तमन्नाह भाटिया पछिल्लो समय आफ्नो चलचित्र करियरसँगै यो मुद्दाका कारण चर्चामा थिइन् । तमन्नाहले १ करोड (लगभग ४१० मिलियन अमेरिकी डलर) क्षतिपूर्ति माग गर्दै साबुन कम्पनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
तमन्नाहले पावर सोप्स लिमिटेडलाई सम्झौता समाप्त भएपछि पनि सो कम्पनीको उत्पादनहरू (साबुन) बेच्न खोल र विज्ञापनमा अनुमति बिना आफ्ना तस्बिरहरू प्रयोग गरेको आरोप लगाएकी थिइन्। उनले यस विषयमा तस्बिर प्रयोग नगर्न भन्दै सो कम्पनीलाई सूचना समेत पठाएकी थिइन् । सो कम्पनीले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै उनले १ करोड अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन्।
सुरुमा तमन्नाह भाटियाको मुद्दालाई उच्च अदालतको एकल न्यायाधीशले खारेज गरिदिए। त्यसपछि अभिनेत्रीले एकल न्यायाधीशको बर्खास्तीलाई चुनौती दिँदै मद्रास उच्च अदालतमा अपिल गरिन् । मद्रास उच्च अदालतले तमन्नाहको अपिल सुन्न अस्वीकार ग¥यो र एकल न्यायाधीशको आदेशलाई समर्थन ग¥यो । यो सँगै उनले मुद्दामा हारेकी छिन् ।
तमन्नाह भाटियाका अनुसार, उनले ७ अक्टोबर सन २००८ मा पावर सोप्स लिमिटेडसँग एउटा सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । जस अन्तर्गत उनले ६ अक्टोबर २००९ सम्म सो कम्पनीका उत्पादनहरूको प्रचार गर्नुपर्ने थियो ।
यद्यपि, २०१० को अन्तिम त्रैमासिकमा, जब उनी अर्को कम्पनीको उत्पादनको प्रचार गर्न वार्तामा थिइन्, सो कम्पनीले पावर सोप्स लिमिटेडले अझै पनि आफ्ना उत्पादनहरूमा तमन्नाहको तस्बिर प्रयोग गरेको जानकारी दियो । तमन्नाहका अनुसार नोभेम्बर २०१० र फेब्रुअरी २०११ को बिचमा निर्मित साबुनको खोलहरूमा उनको तस्बिर प्रयोग गरिएको थियो । उनले खेलेको भिडियो विज्ञापन पनि बजाउँदै आएको थियो ।
१८ जनवरी २०११ र १ फेब्रुअरी २०११ मा कम्पनी र यसको एजेन्सी, जी एन्ड डी कम्युनिकेसन्स प्राइभेट लिमिटेडलाई उनले उत्पादनमा आफ्नो तस्बिरहरू र प्रचारमा आफ्नो भिडियो प्रयोग नगर्न सूचना पठाएकी थिइन् । तर त्यो सूचनाप्रति पनि कुनै प्रतिक्रिया नआएपछि तमन्नाहले आफ्नो अनुमति बिना तस्बिर र भिडियोहरू प्रयोग गरेर उत्पादन बिक्री गरिरहेको भन्दै सो कम्पनी विरुद्ध १ करोड क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
अभिनेत्री तमन्नाह पछिल्लो समय चलचित्र ‘वन’ मा व्यस्त छिन् । यो चलचित्रमा उनीसँगै सिद्धार्थ मल्होत्रा पनि मुख्य भूमिकामा छिन् । अदालतले आफ्नो मुद्दालाई खारेज गरेपछि यस बिषयमा कानुन व्यबसायिहरुसँग सल्लाह लिने तयारीमा आफू रहेको उनले बताएकी छिन् ।
सम्बन्धित समाचार
धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण
उषा खड्गीको जाहेरीपछि जीपी तिमल्सिना पक्राउ
कलाकार सागर लम्साल हाजिरी जमानीमा रिहा
चलचित्र ‘कुम्भ’ले रोज्यो प्रदर्शन मिति
धादिङकी चाँदनी श्रेष्ठ बनिन् आठौं ब्युटिसियन ट्यालेन्ट
राष्ट्रिय कौराहा सम्मेलन सुरु
चलचित्र ‘डिगर’प्रति उत्साहित छन् अभिनेता टम क्रुज
मधेसका चलचित्र प्रवर्धन गर्न चन्द्र नगरमा महोत्सव






