चलचित्र ‘डिगर’प्रति उत्साहित छन् अभिनेता टम क्रुज

लस एन्जलस । हलिउड स्टार अभिनेता टम क्रुज आफ्नो नयाँ चलचित्र ‘डिगर’ प्रति निकै आशावादी छन् । ओस्कार अवार्ड २०२६ मा यो चलचित्र चयन हुने विश्वास सहित यी अभिनेता अहिले ‘डिगर’को फेस्टिवल प्रोमोसनमा जुटिसकेका छन् । चलचित्र ‘डिगर’ यसै वर्ष २ अक्टोबरमा रिलिज हुने भएको छ । अभिनेता टम यो चलचित्रमा रकवेलको भूमिकामा देखिने भएका छन्।

यसै क्रममा अमेरिकाको लस भेगासमा चलिरहेको ‘सिनेमाकन फिल्म फेस्टिभल’ अभिनेता टमले आफ्नो चलचित्रको प्रचार प्रसार थालेका छन् । सो महोत्सवमा उनले ‘डिगर’ को केही दृश्यहरू समेत देखाएका छन् । सो कार्यक्रममा अभिनेता टमले चलचित्र ‘डिगर’ प्रतिको आफ्नो उत्साह र यसमा काम गर्दाको अनुभव पनि सुनाए ।

टमले सन २०२६ हलिउड चलचित्र उद्योगको लागि आशाजनक वर्ष हुने विश्वास व्यक्त गरे । उनले लस भेगासको सिजर्स प्यालेसमा आयोजित कार्यक्रममा बिताएका विशेष क्षणहरू सामाजिक सञ्जालमा समेत साझा गरेका छन् । यो चलचित्रको प्रचारमा टमसँगै यस चलचित्रका निर्माता एलेजान्ड्रो जी. इनारितु पनि स्टेजमा प्रस्तुत भएका थिए।

आफ्नो एक्स पोस्टमा तस्बिरहरू सेयर गर्दै टम क्रूजले लेखे, ‘मैले सिनेमाकनमा धेरै साथीहरूलाई भेटेर रमाइलो गरेँ। यो वर्ष विश्व चलचित्रको लागि उत्कृष्ट सुरुवात भएको संकेत यो महोत्सवले गरेको छ र म आगामी वर्षमा अनगिन्ती मेहनती र प्रतिभाशाली कलाकारहरूले बनाउने सबै चलचित्रहरूको लागि तयार छु ।’ यो चलचित्रमा टमसँगै सान्ड्रा हलर, जोन गुडम्यान, माइकल स्टुहलबर्ग, जेसी प्लेमन्स, सोफी वाइल्ड, रिज अहमद र एम्मा डी’आर्सीले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । थिएटर चलचित्रहरू निर्माण गर्न वार्नर ब्रदर्स डिस्कभरीसँगको सम्झौता पछि सोही कम्पनीबाट अभिनेता टम क्रुजको यो चलचित्र निर्माण भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक