‘परालको आगो’ ट्रेलरमा लोग्ने स्वानीको झगडा प्रसँग

काठमाडौं । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा आधारित ‘परालको आगो’ कथा यसअघि करिब ४५ वर्षअघि प्रताप सुब्बाले फिल्मका रूपमा प्रस्तुत गरिसकेका थिए। अब सोही नाममा पुनः निर्माण गरिएको नयाँ चलचित्र ‘परालको आगो’ आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

बिहीबार एक कार्यक्रममार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्रका भावनात्मक तथा मनोवैज्ञानिक द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको देखिन्छ। विशेषगरी सुहाना थापा र प्रकाश सपूतबीचको वैवाहिक द्वन्द्व तथा सौगात मल्ल र सिर्जना अधिकारीको सम्बन्धलाई सशक्त रूपमा चित्रण गरिएको छ।

हरिओम सिने मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका छन्। फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ। छायांकन संकल्प भुजेलले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ।

मार्मिक दृश्य र प्रतीकात्मक प्रस्तुतिले भरिएको ट्रेलरले दर्शकलाई भावुक बनाउने संकेत गरेको छ। कथामा श्रीमतीलाई कुटेपछि खोज्न निस्कने पात्रको मनोस्थिति र सामाजिक यथार्थलाई समेत उठाइएको देखिन्छ। आगोको झिल्को र अँध्यारो परिवेशमार्फत चलचित्रको कथालाई अझ गहिरो रूपमा प्रस्तुत गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने