काभ्रेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाखको रोटरी अवार्ड

पोखरा । यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड–२०२६ काभ्रेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले प्राप्त गरेको छ । पोखरामा हिजो शुक्रबारदेखि सुरु १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको अवसरमा २० लाख राशिको उक्त अवार्ड प्रदान गरिएको हो ।

डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, भोकेसनल अवार्ड कमिटीका अध्यक्ष एवं पास्ट डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, दीपकराज भण्डारीलगायतले उक्त सेन्टरका संचालक श्रीकृष्ण धिताल र रुपा प्याकुरेललाई नगद २० लाखसहित अवार्ड हस्तान्तरण गरे ।

काभ्रेको नमोबुद्ध नगरपालिका १, फूलबारीस्थित उक्त सेन्टर ८ वर्षअघि संचालनमा आएको हो । ३७ वर्षीय श्रीकृष्ण धिताल र उनकी पत्नी रुपा प्याकुरेलले सञ्चालन गरेको उक्त फार्म खानेपानी, सरसफाइका अलावा खाद्य सुरक्षासमेतका विषयमा काम गर्दै आएको छ ।

यति ठूलो राशिको अवार्ड पाएपछि खुसी व्यक्त गर्दै सेन्टरका निर्देशक धितालले अवार्डवापतको रकम पनि सेन्टर संचालनमै लगाउने बताए । नवीनतम् प्रविधिको पाइलिङ गर्ने र क्रमशः गाउँगाउँमा प्रवद्र्धन गर्ने उनको भनाइ छ ।

उनका अनुसार सो सेन्टरले खाद्य सुरक्षामा काम गर्नुका साथै नर्सरी संचालन एवं तालिमसमेत दिने गरेको छ । साथै, खाद्यसुरक्षा र पर्यावणीय क्रियाकलाप’bout वातावरणमैत्री र नवीनतम प्रविधि, नवीनतम् खालको प्रविधि, नवीकरण ऊर्जा, खानेपानी तथा सरसफाइमा क्रियाशील रहँदै आएको छ । हाल

मेकानिकल इन्जिनियरिङ पृष्ठभूमि रहेका श्रीकृष्ण हाल काठमाडौं विश्वविद्यालयमा कृषि विषय अध्यापनसमेत गर्दै आएका छन् । गाउँ फर्किएर आफ्नै घरमा उद्यम गरेका उनी यतिबेला सबेको प्रेरणाको स्रोत बनेका छन् ।

उक्त अवार्ड रोटरीले पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गर्दै आएको छ ।

यसैबीच, डा. सुनिती गोपाल आचार्य रोटरी अवार्डबाट रोटरी क्लब अफ दरबार स्वायरका डा. प्रज्ञा कर्माचार्य राजभण्डारी र स्वास्थ्य क्षेत्रमा कार्यरत डा. मिलन महर्जन सम्मानित भए । उनीहरुलाई जनही एक एक लाख राशिसहित डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला र पूर्व गभर्नर जयाराज्यलक्ष्मी शाहले सम्मान गरे ।

यसैगरी, डा. योगेन्द्र तुलाचन रोट¥याक्ट अवार्ड रोट¥याक्ट क्लब अफ काठमाडौं मिडटाउनले प्राप्त गरेको छ ।

रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स तीनदिनसम्म संचालन हुनेछ । जसमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिएको मिडिया रिलेसन उपसमिति सदस्य रोटरियन शोभाकान्त सिग्देलले बताए ।

डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक सम्मेलन गर्न पाउनु सुखद पक्ष भएको बताए । सम्मेलनको प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रेसिडेन्ट प्रतिनिधि राजा गोविन्दासामी छन् ।

दोस्रो दिन रोटरीका विभिन्न कमिटीमार्फत संचालित कार्यक्रम’bout छुट्टाछुट्टै समूहमा छलफल हुुनेछ भने अन्तिम दिन रोटा क्वीज एवं आगामी २०२८÷२९ का लागि डिष्ट्रिक्ट गभर्नर निर्वाचन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?