कपिलवस्तु । चन्द्रौटा अस्पतालमा ३८ लाख रुपैयाँ रहस्यमय ढंगले हराएपछि बैंक र अस्पताल प्रशासनबीच गम्भीर विवाद चर्किएको छ। भौचर सबै ठीक देखिन्छन्, तर खातामा पैसा छैन—अनि यहीँबाट सुरु भएको छ शंका, आरोप र अनुसन्धानको पेचिलो खेल।
आर्थिक वर्ष २०८१/८२ को आन्तरिक लेखापरीक्षणका क्रममा अस्पतालले बैंकमा जम्मा गरेको भनिएको ३८ लाख रुपैयाँ आम्दानी नदेखिएपछि घटना सार्वजनिक भएको हो। अस्पताल प्रशासनका अनुसार चन्द्रौटास्थित नेपाल बैंक लिमिटेडमा एक वर्षभित्र १२८ वटा भौचरमार्फत रकम जम्मा गरिएको थियो ।
तर नेपालकै पुरानो सरकारी बैंक नेपाल बैंक लिमिटेडले भने तीमध्ये केही भौचर र हस्ताक्षर नै नक्कली भएको दाबी गरेको छ। बैंक प्रशासनले १२८ वटा भौचरबाट जम्मा गरिएको भनिएको रकम’bout आफूलाई जानकारी नभएको बताउँदै आएको छ।

बिरामी उपचारबाट संकलित उक्त रकम हराएपछि अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासेले घटनाको छानबिनका लागि प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए।
“अस्पतालबाट रकम जम्मा गरिएको देखिन्छ, भौचर पनि छ तर बैंक खातामा पैसा गएको छैन। बैंकले आफ्नै भौचर नक्कली भन्छ—अब छानबिन त गर्नै पर्छ,” उनले भने। अस्पताल स्रोतका अनुसार ल्याब, फार्मेसी तथा भर्ना शुल्कबाट उठेको दैनिक आम्दानी नगद रूपमा बैंकमा जम्मा गरिँदै आएको थियो।
यता बैंक शाखा प्रमुख रमेश जुगिजुले बैंकमा नक्कली भौचर समेत फेला परेको दाबी गरे। “बैंकमा आएर जम्मा गरेका रकम दाखिला भएका छन्, नक्कली भौचरको रकम जम्मा हुने कुरै भएन,” उनले बताए। उनले यस’bout केन्द्रीय कार्यालयमा जानकारी पठाइएको र छानबिन भइरहेको पनि जनाए।
घटना प्रहरीसम्म पुगिसकेको भए पनि अनुसन्धान जटिल बन्ने संकेत देखिएको छ। एकातिर अस्पतालले सबै भौचर बैंककै भएको दाबी गरिरहेको छ भने अर्कोतर्फ बैंकले ती नक्कली भएको बताउँदै आएको छ।
झन् समस्या के छ भने बैंकको सिसिटीभी फुटेज अधिकतम ९० दिनसम्म मात्रै सुरक्षित रहने भएकाले एक वर्ष पुरानो प्रमाण जुटाउन चुनौतीपूर्ण देखिएको छ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष घिमिरेले घटना’bout अनुसन्धान सुरु भइसकेको जानकारी दिए। प्रारम्भिक रूपमा अस्पतालकै कर्मचारीले नक्कली भौचर प्रयोग गरी रकम हिनामिना गरेको हुन सक्ने वा बैंककै कर्मचारी संलग्नता हुन सक्ने दुबै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
पचास प्रतिशत पनि सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन
रेमिट्यान्स कम्पनीलाई राहतसँगै कडाइ पनि
अर्थतन्त्रमा सुधारको संकेत, चार प्रतिशतले आर्थिक वृद्धि
१२ दिनमा थपियो २ सय ७० मिलियन डलर वैदेशिक ऋण
बोलपत्र प्रणाली ह्याक काण्ड: अर्बौंका ठेक्का सेटिङमार्फत् कब्जा
सरकारी स्वामित्वका उद्योग पुनः सञ्चालन गृहकार्य
सबै मन्त्रीको सम्पत्ति सार्वजनिक, कस्को कति ?
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा झरे





