धनगढी । कैलालीको गौरीफन्टा नाकामा हिजोआज पहिले जस्तो चहलपहल छैन । बिहानदेखि साँझसम्म किनमेलका झोलाहरू बोकेर आउजाउ गर्नेहरु भीड घटेको छ । भन्सार कार्यालयले भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार कर अनिवार्य तिर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमा नाकामा किनमेल गर्नेको भीड घटेको हो ।
नेपाल सरकारले भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार कर अनिवार्य तिर्नुपर्ने व्यवस्थामा कडाइ गरिएपछि सुरक्षा जाँच पनि कडा पारिएको छ ।
सरकारको नयाँ व्यवस्थाअनुसार भारतबाट ल्याइने जुनसुकै रु १०० भन्दा बढी मूल्यको सामानमा भन्सार महसुल लाग्नेछ । यो नियम लागू भएसँगै सीमावर्ती भारतीय बजार बनगाउँमा किनमेल गर्न जाने नेपालीहरूको संख्या घटेको छ ।
सशस्त्र प्रहरी बलले माइकिङमार्फत भन्सार कर तिर्न अनिवार्य रहेको जानकारी दिँदै आएको छ । धनगढीकी मनीषा बुढाका अनुसार पहिले ६–७ हजार रुपैयाँसम्मको सामान सहज रूपमा ल्याउने गरिएको भए पनि नयाँ नियम’bout भर्खर जानकारी पाएको बताइन् ।
उनले भनिन्-‘पहिलाजस्तो भीड नाकामा छैन । बनगाउँमा पनि मान्छे घटेका छन् । रु १०० भन्दा बढीको सामानमा कर अनिवार्य भएपछि किनमेल गर्नेहरू कम भएका हुन् ।’
बनगाउँका व्यापारी विशाल देवलले नेपाल सरकारले रु. १०० माथिको सामान भन्सार तिर्नुपर्ने प्रावधान राखेर गलत निर्णय गरेको बताए । उनले भने, ‘नेपाल र भारतको रोटी र बेटी सम्बन्ध रहेको र तत्काल यो निर्णय खारेज गरेर कम्तिमा पाँच हजारसम्म सीमा तोक्नुपर्छ ।’
सशस्त्र प्रहरीले भारतबाट तेल, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, मदिरा, कालो प्लास्टिक, प्लास्टिकका बट्टा, लागुऔषध तथा हातहतियार जस्ता सामग्री ल्याउन पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार नेपाली बजारको प्रवर्द्धन तथा राजस्व वृद्धि गर्ने उद्देश्यले यस्तो कडाइ गरिएको हो ।
सम्बन्धित समाचार
सुनको मूल्य तोलामै ७२०० ले वृद्धि, कतिमा भइरहेको छ कारोबार ?
व्यक्तिका योजना कार्यान्वयन गर्न विनियोजन ऐन संशोधन
गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह
धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो
सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
खुटिया सिँचाइ योजना पुनःस्थापनाका लागि धनगढी उपमहानगरको पहल






