एक मुठी बादलमा नारी स्वतन्त्रताको आवाज

काठमाडौं । बहुसंख्यक महिला प्राविधिकले काम गरेको चलचित्र ‘एक मुठी बादल’को ट्रेलर आइतबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । छोरीको स्वतन्त्रताको उद्देश्यले बनाइएको यो चलचित्रको ट्रेलरमा पनि सोही प्रसंगलाई महत्त्व दिइएको छ ।

आगामी १ जेठबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा नारी स्वतन्त्रताको लागि छोरीले विवाह गर्न नमान्दा परिवारको दबाब र त्यसले निम्त्याएको घटनालाई समेटिएको छ । एक मुठी बादलले परिवारको सदस्य हुनुको अर्थ के हो र परिवार एवम् घर छाड्दा त्यसले कस्तो परिणाम ल्याउँछ भन्ने सन्देश दिने छ ।

यो चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, सहयोग अधिकारी, शेखर चपागाईं, मनीष निरौला, गौरव विष्ट, अविरल प्रताप अधिकारीलगायतको अभिनय छ । चलचित्रलाई महिला निर्देशक सहारा शर्माले निर्देशन गरेकी हुन् ।

गौथली इन्टरटेनमेन्ट, माना प्रोडक्सन प्रस्तुत रहेको यो चलचित्रलाई निर्माणको लागि चलचित्र विकास बोर्डले समेत यस पटक आर्थिक रूपमा सघाएको छ । लिन्ह डान न्गुएन फानले छायांकन गरेको यो चलचित्रलाई यशस्वि सभरवालले प्रोडक्सन डिजाईन, अग्रणी ठकुरी झाको कला निर्देशन, प्रियंका गायकवाडको ध्वानि, दीपा भाटियाको सम्पादन सल्लाह, आशा गौतमको पोष्ट प्रोडक्सन रहेको छ ।

यो चलचित्रलाई अभिमन्यु दीक्षित, निकुन श्रेष्ठ, सारा फजिलत, सामिप्यराज तिमल्सेना, अनुप पौडेललगायतले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

पलेँटीमा गुन्जिए पवन र रमेश