मुम्बई । ‘सर्के चुनर तेरी सर्के…’गीतको विवादको सुनुवाइमा भाग लिन अभिनेता सञ्जय दत्त सोमबार राष्ट्रिय महिला आयोगमा उपस्थित भए । उनले माफी समेत मागेका छन् । त्यसो त चलचित्र ‘केडी’को गीत ‘सर्के चुनर तेरी सर्के…’ पछिल्लो समय चर्चासँगै निकै विवादमा फसेको छ । यसका दृश्य र शब्दहरूको विरोध भएपछि यसलाई युट्युबबाट हटाइएको छ ।
राष्ट्रिय महिला आयोगले यस विषयमा सञ्जय दत्तलाई क्षमा याचनाको लागि निर्देशन पत्र जारी गरेको थियो । सोही निर्देशनको आधारमा अभिनेता सोमबार दिल्लीको जसोलास्थित राष्ट्रिय महिला आयोगको कार्यालयमा पुगेका थिए । उनले आयोगमा लिखिल रूपमा नै माफी मागे । उनले आयोग समक्ष माफी माग्ने क्रममा सो गीतमा आपत्तिजनक शब्दहरू रहेको ’bout आफूलाई जानकारी नभएको पनि बताए । माफीको क्रममा उनले भने,‘मैले यो गीतमा अश्लील शब्द प्रयोग भएको ’bout बुझ्न सकिन, किनकि गीत फरक भाषामा रेकर्ड गरिएको थियो । त्यसैले मेरो कारण यो गीतबाट नारीहरूमा पर्न गएको मानहानिप्रति क्षमा पार्थी छु ।’
सुनुवाइपछि राष्ट्रिय महिला आयोगको कार्यालयबाट बाहिरिएका अभिनेता सञ्जय दत्तले बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिन मानेनन् । सो क्रममा अभिनेता सञ्जय दत्तका वकिल हेमन्त शाहले सञ्चारकर्मीसँग भने, ‘सञ्जय दत्तले अहिले राष्ट्रिय महिला आयोगमा माफी मागी सक्नु भएको छ । उहाँले बिना सर्त माफी माग्नु भएको हो र आदिवासी समुदायका ५० बालबालिकाको शिक्षामा आफूले स्वेच्छाले खर्च गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको छ ।’
कन्नड चलचित्र ‘केडीः द डेभिल’ को विवादित गीतको भिडियोमा सञ्जय दत्त र नोरा फतेहीले अभिनय गरेका थिए । यो गीतको हिन्दी संस्करण रिलिज भएपछि विवादमा फसेको थियो । सामाजिक सञ्जालमा पनि यसको चर्को आलोचना भएको थियो । यो चलचित्र यही शुक्रवार ३० अप्रिलमा रिलिज हुँदै छ ।
सम्बन्धित समाचार
कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने
‘पहिलो हाँसो’ को नयाँ संस्करण सार्वजनिक
राष्ट्रिय कौराहा सम्मेलन सुरु
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
एक मुठी बादलमा नारी स्वतन्त्रताको आवाज
पलेँटीमा गुन्जिए पवन र रमेश
क्याफे व्यवसायमा नेपाली अभिनेत्री






