काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।
यो जितसँगै ओमानले लिग–२ मा ३१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २६ खेल खेल्दा १४ जित र नौ हार व्यहोरेको छ । ओमानको तीन खेल भने रद्द भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न उक्त खेल ३६।५ ओभरमा पुगेपछि वर्षाका कारण रोकिएको थियो ।
ओमानले प्रस्तुत गरेको ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । यसपछि, अम्पायरले डीएलएस प्रणालीका आधारमा ओमान १०२ रनले विजयी भएको घोषणा गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)
सम्बन्धित समाचार
पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि
इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न
यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट
ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
नेपाल भानुआतुसँग पराजित
उद्घाटन खेलमा आयोजक विजयी






