चलचित्र काजी’को ‘वारि बर पारि पीपलु…’ रिलिज

काठमाडौं । नेपाली चलचित्र ‘काजी’ को गीत ‘वारि बर पारि पीपलु…’को भिडियो बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । गीतमा काली प्रसाद बास्कोटाको शब्द संगीत, गांगा सोनाम र करण परियारको स्वर छ ।

यो गीतको भिडियोमा पतिपत्नीबीचको प्रेम कथा प्रस्तुत छ । गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी किसानको भूमिका निर्वाह गरेका छन् । चलचित्रकै क्रमवद्ध कथामा गीतको छायांकन गरिएको छ। जसमा यी प्रेमिल जोडीको दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ ।

आगामी ८ जेठमा रिलिज हुने यस चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्टलगायतले अभिनय गरेका छन् ।

रिजाल एन्ड रिजाल प्रोढक्सनको प्रस्तुति रहेको यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । निर्माण टिमका अनुसार यो चलचित्र भावनात्मक तथा सामाजिक कथामा आधारित छ । जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने निर्माण पक्षको भनाई छ ।

प्रदीप भारद्धाजको कथा लेखन रहेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन, प्रकाश हमालको निर्माण व्यवस्थापन प्रमुख, बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् । असिम काफ्ले कार्यकारी निर्माता रहेको ‘काजी’को निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्धको म्याचमा नेपालको रोमाञ्चक जित