हराएको खुकुरी खोज्न गएका २ को भीरबाट खसेर मृत्यु

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा स्थानीय ढकालेखोला भीरबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ वर्षीय बमबहादुर राई र उनका छिमेकी ४० वर्षीय मनीकुमार राईको भिरबाट खसेर मृत्यु भएको वडाध्यक्ष फौदराज राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार वैशाख १८ गते घाँस गोठालो गएका बेला बमबहादुरको खुकुरी हराएको थियो । हराएको खुकुरी खोज्न वैशाख १९ गते दिउँसो बमबहादुर छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुगेका थिए ।

खुकुरी खोज्दै जाँदा एक जना चिप्लिएपछि अर्कोले समाउन खोज्दा दुवै जना भीरबाट खसेको अनुमान गरिएको छ । दुवैको शव उदयपुरको बेलटार लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

बिनाविकल्प हटाइए प्रतिकार: पोखराका सुकुमबासी