शून्य लागतमा २० नेपाली आज मलेसिया जाँदै

काठमाडौं । विगत १६ वर्षदेखि संस्थागत रूपमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएको म्यानपावर कम्पनी मास ह्युमन रिर्सोस प्रालिले कुल २ सय ४८ जना मध्ये आज (बुधबार) २० जना नेपाली कामदारलाई शून्य लागतमा (निःशुल्क) मलेसिया लैजाँदै छ ।

मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने कम्पनी ‘ एचआइडी ग्लोवल एसडिएन बिएचडी’मा फ्याक्ट्री वर्कर पदमा कामगर्न जाने नेपाली कामदारले मासिक तलब न्युनतम १७ सय रिंगेट र बस्ने सुविधा पाउने छन् । यस बाहेक त्यहाँको कम्पनीको नियम अनुसार ओभरटाइम काम गर्दा थप पैसा पाउने छन् ।

सो कामका लागि शून्य लागतमा मलेसिया जाने कामदारलाई काठमाडौंको टोखारोडस्थित यस म्यानपावर कम्पनीले उल्टै प्रतिव्यक्ति १६ हजार ३ सय ३० रुपैयाँ खर्च दिएर पठाउँदै आएको छ । मलेसियाको विद्युतीय सामान उत्पादन गर्ने कम्पनी‘एचआइडी ग्लोवल एसडिएन बिएचडी’बाट कुल २ सय ४८ जनाको माग भई नेपाली कामदार पठाउने सम्झौता भएको मध्ये बुधबार तेस्रो चरणमा छनोट भएका २० जनालाई मास ह्युमन रिर्सोस कम्पनीले मलेसिया पठाउन लागेको हो ।

यसअघि पहिलो र दोस्रो चरणमा गरि ४० जना नेपाली कामदारलाई शून्य लागतमा मलेसिया पठाएको मास ह्युमन रिर्सोस प्रालिका सञ्चालक दिपेन्द्रबहादुर ओलीले जानकारी दिए ।

यस म्यानपावर कम्पनीले मंगलबार मलेसिया जाने तयारीमा रहेका कामदारलाई प्रतिव्यक्ति १६ हजार ३ सय ३० रुपैयाँको चेक हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा कम्पनीका सञ्चालक ओलीले शून्य लागतमा कामदार लैजाने आफ्नो कम्पनीको योजना’bout जानकारी गराएका हुन् । उनले अब बाँकीलाई पनि विभिन्न चरणमा गरि सुरक्षित रूपमा मलेसिया पठाइने बताए ।

सञ्चालक ओलीका अनुसार मलेसिया जाने श्रमिकको सबै लागत खर्च मलेसियाको रोजगारदाता कम्पनीले नै बेहोर्नेछ । जसमा कामदारको राहदानी, बीमा, कल्याणकारी कोष, हवाई टिकट, सामाजिक सुरक्षा कोष, काठमाडौंका होटलमा बसेको खर्च, विभिन्न जिल्लाबाट घरदेखि काठमाडौंसम्म बसमा आउने यातायात खर्च समेत समेटिएको छ ।

उनले एक पटकमा २०/२० जनाको समूह बनाएर पठाउँदै आएको यस कम्पनीबाट अहिले तेस्रो चरणमा २० जना मलेसिया जाँदै गरेको बताए । यसले सरकारले तोकेको लागत खर्च भन्दा धेरै रकम बुझाएर पनि वैदेशिक रोजगारीमा जान नपाउने कामदारलाई धेरै फाइदा भएको धारणा राख्दै ओलीले भने, ‘ हाम्रो कम्पनीबाट भएको शून्य लागतमा कामदार पठाउने कार्य मुलुकको वैदेशिक रोजगारीको क्षेत्रमा उदाहरणीय भएको छ ।’

उनले सन् २०१० मा स्थापना भएको यस कम्पनीले विगत १६ वर्षदेखि विशेषगरि, मेलेसिया र खाडी क्षेत्रका विभिन्न देशमा संस्थागत रूपमा नेपाली कामदार पठाउँदै आएको जानकारी दिए । यस कम्पनीले आगामी दिनमा पनि मलेसियाको ‘एचआइडी ग्लोवल एसडिएन बिएचडी’मा विभिन्न चरणमा गरि शून्य लागतमा नेपाली कामदार पठाउने जानकारी दिए ।

आकर्षक तलब र बस्ने राम्रो व्यवस्थासहित निःशुल्क रूपमा विद्युतीय सामाग्री उत्पादनमूलक कामका लागि मलेसिया जाने तयारीमा रहेका कामदारहरूले पनि अन्य म्यानपावर कम्पनीमा पुगेर पैसा बुझाएर जानु भन्दा यस कम्पनीबाट शून्य लागतमा उल्टै प्रतिव्यक्ति १६ हजार ३ सय ३० रुपैयाँ लिएर सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान पाउँदा एकदम खुसी लागेको बताएका छन् ।

मास ह्युमन रिर्सोसले २४८ मध्ये तेस्रो चरणमा छनोट भएका २० जना नेपाली कामदारलाई निःशुल्क मात्र होइन । उल्टै प्रतिव्यक्ति १६ हजार ३ सय ३० रुपैयाँ दिएर मलेसिया लैजाँदै छ

अहिले कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारले मलेसिया र खाडीमा तोकेको न्यूनतम लागत खर्च प्रतिव्यक्ति १० हजार रुपैयाँ अपुग भएको भन्दै अधिकांश वैदेशिक रोजगार व्यवसायीले लागत खर्च बढाएर १ लाख रुपैयाँ भन्दाबढी पु¥याउन माग गरिरहेको बेला काठमाडौंको टोखारोडस्थित मास ह्युमन रिर्सोस प्रालिले छनोटको क्रममा अन्तर्वार्तामा सहभागी भई मलेसिया जाने कामदारलाई हवाई टिकट, मेडिकललगायत सम्पूर्ण खर्च निःशुल्क गरेको छ । शुन्य लागत मात्र नभएर उल्टै विभिन्न जिल्लाबाट काठमाडौं आउँदा लाग्ने बाटो खर्च, होटल बस्न र राहदानी बनाउने रकम समेत दिएर मलेसिया लैजान लागेको हो ।

स्वदेशमा भनेजस्तो काम नपाएर बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि यस कम्पनीबाट भएको यस्तो काम सुनौलो अवसरका रूपमा लिएको सो कम्पनीको दाबी छ ।

वैदेशिक रोजगारीमा जाने कामदारसँग एक पैसा नलिएर उल्टै जानुभन्दा अघि नै कामदारलाई चेक हस्तान्तरण गरि बाटो र होटल खर्च दिने व्यवस्था गरेको मास ह्युमन रिर्सोस म्यानपावर कम्पनीले आगामी दिनमा पनि सकेसम्म यस्तै शून्य लागतमा नेपाली कामदार पठाउने सेवामूलक काम गर्ने जनाएको छ ।

सम्झौता बमोजिम छनोटभई मलेसिया जाने कामदारको सबै लागत खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ । सो कम्पनीमा जाने नेपाली कामदारले न्युनतम् मासिक १७ सय रिंगेट बेसिक र त्यसमा बस्ने तथा ओभरटाइमलगायत अन्य विविध सुविधा पाउने छन् ।

मलेसियाको यस कम्पनीमा काम गर्ने कामदारले अन्तर्राष्ट्रिय मानवअधिकारको सम्पूर्ण हक अधिकार प्राप्त गर्ने भएकाले अन्य कम्पनीहरूभन्दा धेरै राम्रो एवं सुविधासम्पन्न भएको सो कम्पनीको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई