‘क्यान्सरसँगका मेरा अनुभूति’ लोकार्पण

‘फूलै–फूल मात्र पनि होइन रैछ जीवन
काँडा बीच फूल्ने फूल रैछ जीवन’

बरिष्ठ साहित्यकार ‘भीम विराग’ को शब्द–संगीतमा सजिएको कालजयी नेपाली गीत मधेश विश्व विद्यालयका उपकुलपति डा.दीपक शाक्यको मुखारविन्दुले पनि बिहिबार वीरगन्जमा लयबद्ध ग¥यो । साँगितिक मञ्च वा रमाइलो उल्लास प्रकट गर्न उनले यो गीत गुञ्जाएका होइनन् । मानिसको जीवनका दुःख–सुख, संघर्ष र आशाको भाव बोक्ने चर्चित नेपाली गीत ठाकुरराम क्याम्पसका पूर्व प्राध्यापक, वीरगन्जका शिक्षाविद् शंकर श्रेष्ठको किताब ‘क्यान्सरसँगका मेरा अनुभूति’ लोकार्पण कार्यक्रममा लेखक श्रेष्ठकै जीवनसँग ठ्याक्कै मेल खाएपछि उपकुलपति डा.शाक्यले भाव व्यक्त गर्दै लयबद्ध नै गरेका हुन् ।

विगत ५ वर्षदेखि क्यान्सरसँग भिड्दै शंकर श्रेष्ठले ती अनुभूति थपक्क लिपिबद्ध गर्दा ६५ शीर्षकको २२० पेजको किताब बाहिर आएको छ । यही किताबको बिहिबार वीरगन्जमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । अल्सर भएको थाहा पाई उपचार गराइरहेका समयमा आएको कोरोना महामारीले कोलकत्तासम्म पुगी निरन्तर अल्सरको उपचार गर्न नसक्दा पछि क्यान्सर भएर दोस्रो फेजको तथ्य थाहा पाएको श्रेष्ठको जीवनसंगी सविता श्रेष्ठले बताइन् । पारिवारिक तनावको क्यान्सर फेज टुसँग मुकाविला गर्न वाध्य हुने संयोग कोरोनाकै कारण भएको उनले तर्क गरिन् । स्वास्थ्य परिक्षण गराउने क्रममा पनि चिकित्सकहरुको सल्लाह र सुझावलाई निसंकोच पालना गर्दा रोग पत्ता लाग्ने र उपचारले सार्थकता पाएको सविताको भनाइ छ ।

सकारात्मक सोच र नियमित आहार–विहार तथा पारिवारिक सहयोग भए क्यान्सरले पनि धैर्यता गरेको श्रेष्ठले आफ्नो अनुभव सुनाए । क्यान्सर उपचारको क्रममा एउटा सानो नानीलाई पनि भएको कुराले आफ्नो हृदय छोएपछि हरेक क्षणलाई केही लेख्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै जाँदा त्यहाँ आउने कमेन्ट र सुझावले आफूलाई झन सकारात्मक बल मिलेको श्रेष्ठको तर्क छ । आफन्त, साथीभाइ र सुभचिन्तकको सुझाव र सल्लाहले आफूलाई भने अगाडी बढ्न बल मिलेको र क्यान्सरसँगको हरेक अनुभूतिलाई अझ लिपिबद्ध गर्न सकेको पनि श्रेष्ठको अनुभव छ ।

चित्र बनाउन सिपालु, संगित र फूटवलका राम्रो खेलाडी समेत रहेका श्रेष्ठले उमेर ढल्कदै गएपछि फुटबलसँग नखेले पनि क्यान्सरसँग आमने–सामाने भई ठूलै ग्याम जितेको सहपाठी हरिरत्न तुलाधरले मर्मस्पर्शी तथ्य सुनाए । नातामा ज्वाईं पर्ने शंकर श्रेष्ठले अन्ततः क्यान्सरलाई समेत पराजित गरी ‘म्यान अफ दी म्याच’ भएको देख्दा आफू निकै खुसी भएको तुलाधरले गहभरी आँसुपार्दै बताए ।

क्यान्सर रोगसँग संघर्ष गर्दै वीरगन्ज पब्लिक कलेजका पूर्व को–अर्डिनेटर समेत रहेका लेखक श्रेष्ठले लेखेको ‘ब् ऋबलअभच क्गचखष्खयच ःझयष्च’ नामक संस्मरणात्मक पुस्तकको लोकार्पण पनि संयोगले वीरगन्ज पब्लिक कलेजमा नै गरिएको छ । कार्यक्रममा श्रेष्ठले आफूले भोगेको अनुभूतिको संघर्ष, उपचारका क्रममा भोगेका पीडा, मानसिक तनाव तथा पुनः जीवनप्राप्तिको आशा’bout भावुक शैलीमा अनुभव सुनाए ।

‘क्यान्सर’ केवल रोगका रूपमा नभई जीवनलाई बुझ्ने एउटा महत्वपूर्ण मोडका रूपमा आफूले अनुभूति गरेको उनको भनाइ छ । सहभागीहरुले श्रेष्ठको भोगाइ मात्र नभई लोकार्पण गरिएको किताब समाजका लागि प्रेरणादायी दस्तावेज भएको बताएका छन् । कठिन परिस्थितिमा पनि आत्मबल, धैर्यता र सकारात्मक सोचका साथ अघि बढ्न सकिए क्यान्सर जस्तो गम्भीर रोग पनि पछि हट्ने उनीहरुको तर्क छ । यता पुस्तक बिक्री भएको प्राप्त रकम भने क्यान्सर पीडितहरूकै सहयोगमा खर्च गर्ने श्रेष्ठ दम्पतीले जनाएका छन् ।

सो कार्यक्रममा ११ वर्षदेखि क्यान्सर रोग पछार्न सफल मन्जरी श्रेष्ठ, कबिता माथेमालगायतले पनि सकारात्मक सोच, सुनिश्चित खानपान, र जीवन शैली तथा आत्मबलले नै आफूहरुले पनि क्यान्सरलाई जित्न सफल भएको अनुभव सुनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकीका प्रमुख सचिव भ्रष्टाचारमा मुछिए