काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भइ कीर्तिपुर वर्ष २५ का महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने वर्ष २३ का रवीन्द्र धामी र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने वर्ष २२ का रोशन बिष्ट रहेका छन् ।
कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो । उनीहरुविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)
सम्बन्धित समाचार
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ
सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त
स्रोत नखुलेको रु २७ लाखसहित दुई पक्राउ
सशस्त्र प्रहरी बल नेपाललाई प्रविधिमैत्री बनाउन आईटी स्टेरिङ कमिटी गठन
‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’
हिरासतमा आत्महत्या प्रकरणको अनुसन्धान गर्न समिति गठन






