मुम्बई । बलिउड अभिनेत्री मौनी रोय आफ्नो पति सुरज नाम्बियारसँग अहिले सम्बन्ध विच्छेदको तयारीमा छिन् ।यो विषयमा उनले कानुनी सल्लाह समेत लिइसकेकी छिन् । अंशबण्डा र आर्थिक लेनदेनको हिसाब मिलाएर उनी सम्बन्ध विच्छेदको लागि अदालत जाने भएकी छिन् ।
यी दम्पती बिच सम्बन्ध चिसिएपछि उनीहरू विगत ६ महिनादेखि छुट्टै बस्दै आएका छन् । मौनीको पाँचौँ प्रेमीको रूपमा रहेका सुरज पनि अन्ततः मौनीसँग अलग हुने भएका छन् । सानो पर्दाबाट ठुलो पर्दामा पुगेर सफलता हासिल गरेकी यी अभिनेत्री प्रेम र विवाह सम्बन्धमा पटक पटक असफल हुँदै आएकी छिन् ।
करिअरको कुरा गर्दा मौनी सन २००७ मा एकता कपूरको धारावाहिक शृंखला ‘क्युंकी सास भी कभी बहू थी’बाट नायिकाको रूपमा उदाएकी हुन् । मौनीले दुई दर्जन शंखलामा सफल काम गरेपछि अक्षय कुमारसँग चलचित्र ‘गोल्ड’बाट ठुलो पर्दातर्फ लागिन् । त्यसपछि उनी ठुलो पर्दामै सक्रिय हुँदै आएकी छिन् ।
अभिनेत्री मौनीको लामो समय प्रेम सम्बन्धमै बित्यो । उनको सुरजसँग विवाह हुनु अघि चार जनासँग प्रेम सम्बन्ध टुटेको थियो । पौराणिक टिभी कार्यक्रम ‘देवों के देव महादेव’मा काम गर्ने क्रममा अभिनेत्री मौनीको अभिनेता मोहित रैनासँग प्रेम सम्बन्ध जोडिएको थियो । यी जोडी विवाहको तयारीमा पुगेको बेला विविध कारणले उनीहरूको प्रेम सम्बन्ध टुटेको थियो ।
यसपछि अभिनेता पुलकित सम्राटसँग मौनी रोय प्रेम सम्बन्धमा रहिन् । तर यो सम्बन्ध लामो समयसम्म रहने सकेन । सानो पर्दाबाट माथि उठेर मौनी चलचित्रमा व्यस्त भएपछि पुलकितसँग उनको सम्बन्ध टुट्यो । यति बेला चलचित्र ‘ब्रह्मास्त्र’को छायांकनको क्रममा मौनी रोय निर्देशक अयान मुखर्जीसँग नजिक भइन् । उनीहरूको प्रेम सम्बन्धले त्यति बेला निकै चर्चा पायो । यद्यपि यो सम्बन्ध पनि लामो समयसम्म रहन सकेन ।
चलचित्र ‘दबँग ३’मा काम गर्दा अभिनेत्री मौनी अभिनेता सलमानसँग पनि नजिक भएकी थिइन् । तर त्यसलाई सलमानले गम्भीर रूपमा लिएनन् । सलमान र मौनीको प्रेमको चर्चा मिडियामा आए पनि त्यसलाई सलमानले गसिफको रूपमा मात्रै लिन आफ्नो फ्यानहरूलाई आग्रह गरे । अभिनेत्री मौनी भने सलमानप्रति आकर्षित भएकी थिइन् ।
यसरी एकपछि अर्को प्रेम सम्बन्ध टुट्दै जाँदा सुरजसँग मौनी नजिक भइन् । केही वर्षको प्रेम सम्बन्धपछि मौनी र सुरज दाम्पत्य सम्बन्धमा बाँधिएका थिए । तर उनको यो दाम्पत्य जीवन पनि अहिले छुट्ने अवस्थामा पुगेको छ । कतिपयले अभिनेत्री मौनीलाई प्रेम र विवाह नफाप्ने प्रतिक्रिया दिन थालेका छन् । एजेन्सी
सम्बन्धित समाचार
फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न अस्विकार
चलचित्र ‘आँखा’लाई ‘निर्देशन–क्राफ्ट’मा ‘गोल्ड अवार्ड’
महिला आयोग पुगेर नोराले पनि मागिन माफी
प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार
सामाजिक सञ्जालमा गाली आएपछि साइबर ब्युरो पुगे रामकृष्ण
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार






