काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् ।
३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद ९जबज० र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए ।
उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन नसकेको टिप्पणी गरे । महासचिव पोखरेलले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न आफूहरुले मेहनत गर्ने बताए ।
उनले जनताका बीचमा प्रतिस्पर्धाबाट श्रेष्ठता र शान्तिपूर्ण सङ्घर्षबाट परिवर्तनको अनुभूति दिन सक्नुपर्ने उल्लेख गर्दै गत निर्वाचनको हारबाट पाठ सिकेर फेरि जनमखी नीतिका साथ जनताका बीचमा जाने योजना रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, सूचना प्रविधि विज्ञ ई रमेश पौडेललगायतले युवाभावलाई मनन् गरेर सरकार र राजनीतिक दलले काम गर्न सक्नुपर्नेमा जोड दिए ।
उनीहरुले मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजका जगमा युवाहरूलाई सही राजनीतिको धारमा अग्रसर गराउन सक्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।
सम्बन्धित समाचार
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान
सीआरसी प्रतिवेदन अघि बढाउन प्रतिबद्ध छाैँ : मन्त्री वादी
कांग्रेसले वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्कीप्रति महासंघको आपत्ति
कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्छ : मुख्यमन्त्री कँडेल






