जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी

पाल्पा । पाल्पामा जंगली च्याउ खाएर बिरामी भएका २ जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ ताँहु ओमभन्ज्याङकी ६६ बर्षिया विनिमाया कामु मगर र ३७ वर्षिया बालकुमारी खाम्चाको जंगली च्याउ खाएर बिरामी भई अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

युनाइटेड मिसन अस्पतालमा तानसेनमा उपचारको क्रममा कामुको मंगलबार र खाम्चाको बुधबार ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए ।

जिल्लाका अन्य पालिकामा पनि जंगली च्याउको तरकारी खाएपछि दर्जन बढी बिरामी परेका छन् । रम्भा ताँहुकी ५० वर्षीया यानुमाया जर्घा र तानसेन नगरपालिका वडा नं. ११ भालुवनका चार जना बिरामीको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

त्यस्तै निस्दी गाउँपालिका वडा नं. ४, झुल्याटुङ्गका दुई जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जंगली च्याउ खाएर बिरामी परेका माथागढी ३ कसेनीका चार जना र तानसेन नगरपालिका–८ का दुई जनाको लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् ।

बर्षाद्को समयसँगै उम्रिने जंगली च्याउहरू विषालु हुने भएकाले च्याउ खानेहरु बिरामी पर्ने र मृत्यु समेत हुने गरेको छ । जंगली च्याउको तरकारी खाएपछि हुने जोखिम कम गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य शाखामार्फत् गाउँ–गाउँमा सचेतना फैलाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

प्रकाशचन्द्र नेपालले जिते खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि