काठमाडौं । सहसचिव मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त भएका छन्।
पर्यटन मन्त्रालयको सहसचिव डंगोललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी मन्त्रालयमा नागरिक उड्डयन महाशाखाका प्रमुख थिए । तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि डंगोललाई सुशीला कार्की नेतृत्वको सरकारले निमित्तको जिम्मेवारी दिएको थियो ।
तर उनले दुई साता मात्रै उक्त जिम्मेवारी पाए । त्यसपछि नयाँ सरकार आएसँगै क्यानको महानिर्देशक पदमा खुला दरखास्त मागिएको थियो। त्यसमा प्रतिस्पर्धाका लागि २१ जना प्रारम्भिक परीक्षणबाट छनोट भएका थिए।
मन्त्रालयले वैशाख २८ गते २१ जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)
सम्बन्धित समाचार
गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन
सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने
सशस्त्रकी सहायक हवलदार अनिता कार्की बनिन् सशस्त्रबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
प्रतिनिधिसभामा प्लेकार्डसहित श्रम संस्कृति पार्टीको विरोध
विमानस्थलबाट ३७ वटा पासपोर्ट बोकेका युवक किन पक्राउ परे ?
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण






