काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् ।
बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । सो पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए ।
उनले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश दिए । सो पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो ।
आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस र आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेको छ ।
सम्बन्धित समाचार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान
शेखर गोल्छा रिहा हुने
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
संघीय संसद् सचिवालयका ट्रेड युनियन खारेज
लेक लागेर सगरमाथा आरोहीको निधन
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास






