किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले रोपाईँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे।

‘म सरकारसँग आग्रह गर्न चाहन्छु कि अब रोपाईंको सिजन सुरु हुने बेला छ। पर्याप्त मलको व्यवस्था सरकारले गरोस्। किनकि, अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन,’ सिंहले भने, ‘अब १०–१५ दिन पछि रोपाईंको सिजन सुरु हुन्छ।’

सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन्। ‘उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन। सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन्। यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस,’ उनले भने, ‘सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस।’

सांसद सिंहले बागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सररकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा बैठक विपक्षीद्वारा अवरोध