काठमाडौं । नेकपा एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ । शनिबार बैठक बोलाइएको अध्यक्ष ओलीको सचिवालयले नेपाल प्रेसलाई बतायो ।
सचिव भानुभक्त ढकालले बैठक बोलाइएको, तर कहाँ बस्ने भन्ने टुंगो नलागेको बताए । ‘अध्यक्षको स्वास्थ्य बाहिर निस्कन मिल्ने, नमिल्ने कुरापछि बैठकस्थल निर्धारण गरिने छ’, ढकालले भने ।
ओली पक्राउसँगै रामबहादुर थापा ‘बादल’ ले एमालेको कार्यवाहक सम्हालेका थिए । एमालेले चुनावको औपचारिक समीक्षा गरेको छैन । पहिले तल्ला कमिटीको समीक्षापछि केन्द्रले समीक्षा गर्ने बताइएको छ ।
पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुण्डुमै भेटघाटलगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय भएका छैनन् ।
तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान
संघीय संसद् सचिवालयका ट्रेड युनियन खारेज
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन






