झापा । झापा स्थित मेचिनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबार देखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनसिप छनोटका रूपमा प्रतियोगिताको आयोजना गरिएको हो।
काँकडभिट्टाको नाइट चेस क्लब, स्थानीय व्यवस्थापन रहेको स्पर्धामा देशभरका शीर्ष ७८ जना खेलाडीहरूको सहभागिता रहेको क्लबका अध्यक्ष विश्वविजय घिमिरले जानकारी गराएका छन्।
प्रतियोगिताको प्रमुख निर्णायक एफए भुपेन्द्र निरौलाले राष्ट्रिय खेलको फर्म्याट स्विस प्रणालीमा सञ्चालित क्लासिकल खेल समय ९० मिनेट प्रत्येक चालमा थप ३० सेकेन्ड इन्क्रिमेन्ट रहेको बताए ।
खुल्ला तर्फ जम्मा ८ चरणको लिग खेल मध्ये दुई चरण समाप्तिसम्म रिसोन थापा २ अंकसहित शीर्ष स्थानमा रहेका छन् । रिसोन सँगै अंक २ जोडेका सीएम पुरुषोत्तम चौलागाईं, सीएम सुश्रुत दाहाल, आशिष फूँयाल, मुहान नरसिंह श्रेष्ठ, धिरेन राई, सुरोज महर्जन शीर्ष समूहमा छन्।
यसै ज्वाला इम्बुङ्ग, कमल श्रेष्ठ, प्रतीक सुवेदी, सिएम नवीन तण्डुकार, मणिराज डाँगी, र सत्यम शर्मा समान २ अंक जोडेर राम्रो शुरुआत गरेका छन्।
यसैगरी महिलातर्फ पहिलो चरणपछिको नतिजा अनुसार कृतिसरा अधिकारी, शान्ति धिमाल, बिनिता कापाली, पूजा भण्डारी र सुशिला गुरुङले विजयी शुरुआत गरेका छन्।
महिला राष्ट्रिय बी खेलमा प्रवीषा दवाडी, लक्ष्मी कँडेल, उज्जीभनी कँडेल, प्रिया क्षेत्री र नुमा सुब्बाले समान १ जीत दर्ता गर्न सफल भएका छन्।
खुल्ला तथा महिला दुबै विधाका शीर्ष ९ जना खेलाडीले नगद रु. ५ हजार प्राप्त गर्नेछन् भने राष्ट्रिय शीर्ष तिन जना सँग नेपाल च्याम्पियनसीपका लागि राउण्डरोबिन खेल्ने छन्।
सम्बन्धित समाचार
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट
भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
पर्यटकको रोजाइमा कोशी टप्पु
चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान






