प्रधानमन्त्रीको अभिव्यक्ति सार्वभौमसत्ताप्रतिको घात हो : जेनजी साह

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नू सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसलाई फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउन समेत जेनजी अगुवा साहले माग गरेका छन् । प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग समेत उनले गरेका छन् ।

‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएपछि कमन जेनजी नेपालका अध्यक्ष साहले ‘कसलाई खुशी पार्नका लागि बोल्नु भो’ भन्दै प्रश्न गरेका छन् ।

‘भारतको कुन ठाऊँको जग्गा, कती र कहिले मिचेको हो ? तथ्य सार्वजनिक गर्नुस । हामी जान्न चाहन्छौ । तपाईले मनपरी बोलन मिल्दैन, राष्ट्रिय अखण्डता जस्तो गम्भीर विषयमा जे पनि बोलनु आपत्तिजनक छ । तपाईले यो कसलाई खूशी पार्न बोलनु भो ? यो नेपालको हितमा त पक्कै छैन । म बिशेष आग्रह गर्न चाहन्छू, प्रधानमंत्रीज्यू यो भनाई फिर्ता लिनुस र संसदको रेकर्डबाट हटाउनुस,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा