ओपनिङ ब्याटर भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। अन्तर्राष्ट्रिय टी(२० खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्।

बिहीबार भुर्तेलले एसियन गेम्स छनोटमा भुर्तेलले मलेसियाविरूद्ध १२६ रन बनाए। उनले ५४ बल खेलेर १४ चौका र ८ छक्का प्रहार गरे।

यसअघि उनले छनोटमै चीनविरूद्ध १२९ रन बनाएका थिए। लगातार दुई शतक प्रहार गरेसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीलाई पछि पार्दै नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाएका छन्। उनले टी-२० आफ्नो रन २२४० पुर्‍याएका छन्।

उनले टी-२० मा आफ्नो शतक संख्या तीन पुर्‍याएका छन्। नेपालका लागि टी-२० मा लगातार दोस्रो शतक हान्ने उनी पहिलो ब्याटर हुन्। साथै लगातार शतक बनाउने विश्वका दशौं खेलाडी हुन्। भुर्तेलको शतकसँगै सिंगापुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २७५ रन बनायो।

भुर्तेलबाहेक नेपालका लागि आशिफ शेखले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३१ र सन्दीप जोराले १४ बलमा १५ रन जोडेर आउट भए। लोकेश बम पनि ६ बलमा १० रन जोडेर आउट भए। रोहित पौडेल शून्य र करण केसी ७ रन जोडेर आउट भए।

चीनलाई हराएका दुवै टोलीले सेमिफाइनलमा पुगेर एसियन गेम्समा छनोट भइसकेका छन्। आजको खेलमा जित हात पार्ने टोली समूह विजेता बन्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख