सुन्दरहरैँचा(मोरङ) । सडकमा खाल्डाखुल्डी हुनु सामान्य लाग्न सक्छ, तर मोरङको सुन्दरहरैँचास्थित पुलचोकका बासिन्दाका लागि ती साधारण खाल्डा थिएनन्, हरेक दिन कसै न कसैको रगत बगाउने र जीवन जोखिममा पार्ने ‘मृत्युफन्दा’ बनिसकेका थिए।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने विराटचोक नजिकैको पुलचोक र बाह्रबिके सिसौघारी सडक खण्डमा दैनिकजसो तड्पिएका घाइतेहरूको चित्कार सुनिन्थ्यो। तर, यो दर्दनाक दृश्यले न स्थानीय सरकारको मन पग्लियो, न त सम्बन्धित निकायको आँखा खुल्यो।
यस्तो निराशाजनक र भयावह अवस्थाका बीच, सञ्चारमाध्यममा त्यहाँको कारुणिक अवस्था’bout समाचार आउनासाथ एकजना मनकारी सामाजिक व्यक्तित्व देवराज तामाङको मनभने थामिन सकेन। उनले कसैको बाटो पर्खिएनन्, बरु आफ्नै व्यक्तिगत खर्च र अग्रसरतामा ती ज्यानमारा खाल्डाहरू पुरेका छन्, जसले आज धेरैको सिन्दूर पुछिन र आमाको काख रित्तिनबाट बचाएको छ।
स्थानीयको आँसु र सरकारको लाचारी
लामो समयदेखि पुलचोकको यो सडक खण्ड यात्रुहरूका लागि त्रासको अर्को नाम बनेको थियो। खाल्डाखुल्डीका कारण यहाँ दिनहुँ सवारी साधनहरू दुर्घटनामा पर्थे। कतिको हातगोडा भाँचिन्थे, कति रक्ताम्मे हुन्थे। स्थानीय बासिन्दाहरू केवल रमिते मात्र थिएनन्, उनीहरू त प्रत्येक रात जसो दुर्घटनामा परेका अपरिचित घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुर्याउने ‘नियत’ भोग्न बाध्य थिए।
एक स्थानीय बासिन्दाले गला अवरुद्ध पार्दै विगतको पीडा सम्झिए:”हरेक दिन यहाँ दुर्घटना हुँदा हाम्रो मुटु काँप्थ्यो। रातिको समयमा मान्छेहरू सडकमै ढलेर छटपटाइरहेका हुन्थे। हामी कुदेर जान्थ्यौँ र आफ्नै साधनमा हालेर अस्पताल पठाउँथ्यौँ। कति रात त हामी सुत्न पनि सकेनौँ।”
यस चरम पीडा र जोखिमका ’boutमा स्थानीयबासीले पटक-पटक सुन्दरहरैँचा नगरपालिकाको ढोका ढकढक्याए। तर, जनताको रगत बगिरहँदा पनि नगरपालिकाले “यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन” भन्ने ओठे जवाफ दिएर आफ्ना नागरिकलाई मर्नकै लागि सडकमा छोडिदियो। स्थानीय सरकारको यो पन्सिने प्रवृत्तिले जनतालाई असहाय महसुस गराएको थियो।
देवराज तामाङ: जसले सडक मात्र पुरेनन्, भरोसा पनि जगाए
राज्य संयन्त्र नै लाचार बनेर मूकदर्शक बनेका बेला सामाजिक अभियन्ता देवराज तामाङले एउटा सच्चा नागरिक र मानवताको परिचय दिए। सञ्चारमाध्यममा त्यहाँको दर्दनाक अवस्था र स्थानीयको गुहार सुनेलगत्तै उनले ढिला नगरी आफ्नो खल्तीको पैसा खर्चेर सडकका दुईवटा ठूला र जोखिमपूर्ण खाल्डाखुल्डीहरू पुर्ने व्यवस्था मिलाए।
तामाङको यो परोपकारी र मानवीय पहलपछि अहिले पुलचोक सडक खण्ड फेरिएको छ। गुड्ने सवारी साधनहरू अब बिनात्रास आवतजावत गरिरहेका छन्। दैनिक हुने दुर्घटनाको सिलसिला रोकिएको छ।
“नगरभित्र जुनसुकै समस्या परे मलाई सम्झिनुस्” : तामाङ
सडकको खाल्डो पुरेर स्थानीयको मन जितेका देवराज तामाङले सडक मर्मत मात्र गरेनन्, सुन्दरहरैँचाबासीलाई एउटा अभिभावकत्वको भरोसा समेत दिएका छन्। उनले नगरभित्र कतै पनि यस्ता जनसरोकारका समस्या, दुःख वा विपद् आइपरेमा आफूलाई सिधै सम्पर्क गर्न नगरबासीलाई आग्रह गरेका छन्।
आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रष्ट पार्दै तामाङले भने: “जनता समस्यामा परेका बेला क्षेत्राधिकारको बाहाना बनाएर पन्छिन मिल्दैन। सुन्दरहरैँचा नगरभित्र जुनसुकै ठाउँमा, जस्तोसुकै समस्या आइपरे पनि मलाई तुरुन्त सम्पर्क गर्नुहोला। म नागरिकको पीडामा मलम लगाउन आफ्नो तर्फबाट जे-जस्तो सहयोग गर्न पनि सधैँ तयार रहनेछु।”
आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, मानवीय संवेदनालाई बुझ्दै देवराज तामाङले गरेको यो सत्कर्म र उनको यो प्रतिवद्धताको पुलचोक र विराटचोक क्षेत्रका स्थानीयबासीले आँसु पुछ्दै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। स्थानीयहरू भन्छन्— “सरकार त केवल कर उठाउन मात्र आइपुग्छ, संकटमा त देवराज जस्ता मनकारी मान्छेहरू नै हाम्रा लागि भगवान् बनेर आउँदा रहेछन्।”
सम्बन्धित समाचार
शिक्षा सन्देश इङ्गलिस कलेजमा ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुने
साल्पा–सिलिचुङमा २५ सय मुन्दुमी बृक्ष रोपण
सुन्दरहरैंचामा बाल सञ्जालद्वारा लागूऔषध दुर्व्यसनी चेतना
बालिका करणी अभियोग लागेका राई पक्राउ
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
अनाधिकृत रूपमा विद्यालय अनुगमन गर्दै रास्वपा सुन्दरहरैंचा शिक्षा विभाग
विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न
केराबारीमा वन फडानीको नयाँ शैली: झाडी सफा गर्ने नाममा ४ सय सखुवाका रुखमाथि आरा !






