शिक्षा सन्देश इङ्गलिस कलेजमा ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुने

सुन्दरहरैचा (मोरङ) । मोरङको बेलबारी–२ मा रहेको शैक्षिक संस्था शिक्षा सन्देश इङ्गलिस कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। कलेजले मलेसियाको प्रसिद्ध लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यसै वर्षदेखि ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन गर्न लागेको हो।

कलेजले बुधबार पत्रकार सम्मेलन गर्दै मलेसियाको प्रसिद्ध लिंकन विश्वविद्यालयबाट इयुरोस्किल टेक्निकल एण्ड भोकेसनल एकेडेमीमार्फत इजाजत प्राप्त गरी यो कार्यक्रम अन्तिम तयारीमा पुगेको प्रिन्सिपल राजेश खत्रीले जानकारी दिए। प्रिन्सिपल खत्रीले यस क्षेत्रमै पहिलोपटक यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यता प्राप्त कोर्ष भित्र्याउन पाउँदा कलेज परिवारले निकै हर्ष र गौरव महसुस गरेको जनाएको छ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष भूपाल बस्नेतले अन्तर्राष्ट्रिय स्तरको ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुनु कलेजका लागि मात्रै नभई सम्पूर्ण बेलबारी क्षेत्रकै शैक्षिक विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनले गुणस्तरीय तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीहरूलाई देशभित्रै अन्तर्राष्ट्रिय स्तरको अवसर प्रदान गर्ने कलेजको उद्देश्य रहेको उल्लेख गरे। साथै, यस कार्यक्रमले होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

वि.सं. २०५० सालमा स्थापना भएको शिक्षा सन्देश स्कुल केवल बेलबारी नगरपालिकाकै मात्र नभएर यस क्षेत्रकै एक उत्कृष्ट ‘शैक्षिक हब’ को रूपमा स्थापित छ। हाल यस विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ।

विद्यालयमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी, कानुन, र ट्राभल एण्ड टुरिजम जस्ता समसामयिक र व्यावहारिक विषयहरू पढाइँदै आएको छ। हाल १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस स्कुलले बेलबारी क्षेत्रकै पहिलो ‘प्लस टु’ को रूपमा समेत आफ्नो बलियो पहिचान बनाएको छ। यस विद्यालयबाट उत्पादित हजारौँ विद्यार्थीहरूले राष्ट्रिय स्तरका विभिन्न विधाहरूमा ख्याति कमाउन सफल भइसकेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

रुसले बनायो नयाँ इबोला खोप