बाजुरा । हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ ।
हिमाली गाउँपालिका–३ को रानीसैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानीसैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले कुटपिट गरेको घटना जेठ ५ गते बाहिरिएपछि उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी बस्ने भएको हो ।
गृह मन्त्रालय सचिवस्तरको एक साताअघि भएको बैठकको निर्णयअनुसार रानीसैनको लाम्पाटामा ‘बिओपी’ र अस्थायी प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
रानीसैनमा जेठ ३ गते भएको घटनाको विषयमा उक्त क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि गृह सचिवस्तरको बैठकको निर्णयानुसार अस्थायी रूपमा ‘बिओपी’र प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ ।
रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयले कुटपिट गरी वडा सदस्य पेमागारा गुरुङ, स्थानीय घाइते हुनेमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उहाँकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मीनु कुँवर, प्रहरी चौकी विच्छ्या कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते भएका थिए ।
सम्बन्धित समाचार
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै
महाकाली नदीमा सेनाको विपद् अभ्यास






