काठमाडौं । विश्व फुटबलमा केही यस्ता खेल हुन्छन्, जसको चर्चा नतिजाकै कारणमात्र हुँदैन । ती खेल समयसँगै इतिहासकै महइभ्वपूर्ण अध्यायसमेत बन्छन् । ‘फिफा विश्वकप २०२६’अन्तर्गत समूह ‘जे’मा अर्जेन्टिना र अल्जेरियाबीच भएको भेट त्यस्तै अविस्मरणीय रातका रूपमा स्मरणीय बनेको छ ।
मैदानमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित ग¥यो, तर खेलको वास्तविक कथा स्कोरबोर्डभन्दा धेरै ठूलो थियो । त्यो कथा थियो– लियोनेल मेस्सीको, जसले आफ्नो छैटौं विश्वकप खेल्दै फेरि एकपटक संसारलाई चकित बनाएका छन् । ‘किन उनी फुटबल इतिहासका महानतम खेलाडीमध्ये हुन् ?’ भन्ने प्रमाण उनले दिएका छन् ।
अमेरिकाको क्यान्सस सिटीस्थित एरोहेड स्टेडियममा हजारौं समर्थकको उपस्थितिमा नेपाली समयानुसार बुधबार बिहान सम्पन्न खेल सुरु हुनुअघि नै सबैका नजर मेस्सीकेन्द्रित थिए । ३९ वर्षको उमेरमा पनि उनी विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उस्तै आकर्षणका केन्द्र बनेका छन् । सन् २००६ मा जर्मनीमा पहिलो विश्वकप खेल्दा किशोर प्रतिभाका रूपमा चिनिएका मेस्सी दुई दशकपछि पनि विश्व फुटबलको केन्द्रमै उभिएका छन् । यो खेलसँगै उनी ‘पुरुष फुटबल इतिहास’मा ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । त्यो उपलब्धि आफैंमा असाधारण हो । यद्यपि, मेस्सी त्यतिमै सीमित भने छैनन् ।
खेल सुरु भएदेखि नै अर्जेन्टिनाले आफ्नो परिचित शैलीमा बल नियन्त्रण गर्दै खेल पकडमा राख्यो । प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले मध्यपंक्तिबाट धैर्यपूर्वक खेल निर्माण गरिरह्यो । रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरको संयोजनले अल्जेरियामाथि अर्जेन्टिनाले निरन्तर दबाब दिइरह्यो । अल्जेरियाले रक्षात्मक रणनीति अपनाएर अर्जेन्टिनाको आक्रमण रोक्ने प्रयास गरिरहे पनि ‘मेस्सीजस्ता खेलाडीविरुद्ध सानो कमजोरी पनि महँगो साबित हुन सक्छ’ भन्ने खेलको १७औं मिनेटमै प्रमाणित भयो ।
मध्यपंक्तिबाट आएको सुन्दर पास मेस्सीसम्म पुग्दा अल्जेरियाका रक्षक आफ्नो स्थानमा थिए । तर, महान् खेलाडीलाई अवसर सिर्जना गर्न धेरै ठाउँ आवश्यक पर्दैन । बल नियन्त्रण गरेलगत्तै मेस्सीले गोलरक्षकलाई झुक्याउँदै सटीक प्रहार गरे र अर्जेन्टिनालाई अग्रता दिलाए । त्यो गोल अर्जेन्टिनाको सुरुवाती सफलतास“गै मेस्सीको फुटबल बुद्धिमत्ताको उत्कृष्ट उदाहरणसमेत बनेको छ । उमेर बढ्दै जाँदा गति कम हुन सक्छ, तर खेल बुझ्ने क्षमता अझ परिपक्व बन्छ उनले फेरि प्रमाणित गरेका छन् ।
पहिलो हाफभर अर्जेन्टिनाले खेलमाथि नियन्त्रण कायम राख्यो । अल्जेरियाले केही प्रतिआक्रमण गर्ने प्रयास गरे पनि अर्जेन्टिनाको रक्षापंक्ति मजबुत देखियो । अल्जेरियाका गोलरक्षक लुका जिदानले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप क्षतिबाट जोगाउने प्रयास गरे, तर दोस्रो हाफमा मेस्सीले खेललाई पूर्णरूपमा नियन्त्रणमा लिए ।
६०औं मिनेटमा आएको दोस्रो गोलले दर्शकलाई दशकअघि बार्सिलोनाको जर्सीमा चम्किरहेका मेस्सीको सम्झना दिलायो । बल प्राप्त गरेपछि उनले दुई रक्षकलाई अत्यन्त सहज ढंगले छलाए । उनको बल नियन्त्रण, शरीरको सन्तुलन र क्षणभरमै निर्णय गर्ने क्षमता देखेर अल्जेरियाका खेलाडी निरीह देखिए । उनको सटीक प्रहार गोलपोस्टको कुनामा पुग्यो र अर्जेन्टिनाको अग्रता दोब्बर बन्यो । यो गोल विशेष थियो, ’cause यसले मेस्सीको ‘ड्रिब्लिङ’ कौ शल अझै जीवित रहेको प्रमाणित ग¥यो । धेरै उमेरसँगै गति घटेको चर्चा गरिरहेका बेला उनले ‘वास्तविक शक्ति कहिल्यै गति थिएन, बरु बलमाथिको नियन्त्रण र खेलको लय बुझ्ने असाधारण क्षमता हो’ भन्ने फेरि साबित गरिदिए ।
खेलको ७६औं मिनेटमा मेस्सीले आफ्नो ह्याट्रिक पूरा गरे । बक्सभित्र बल प्राप्त गर्दा अधिकांश खेलाडी हतारिन्थे, तर मेस्सी शान्त थिए । उनले गोलरक्षकको स्थिति नियाले, सही कोण पहिचान गरे र बललाई जाली चुमाए । त्यो गोलले उनको अनुभव, आत्मविश्वास र फिनिसिङ क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत ग¥यो । ह्याट्रिक पूरा भएपछि स्टेडियमभर उपस्थित समर्थकले उठेर निरन्तर ताली बजाइरहे । मैदानमा उभिएका मेस्सीको मुस्कानमा व्यक्तिगत सफलतास“ गै इतिहाससँ गका े अर्का े भे टका े सन्तु ष्टि झल्किरहेको महसुस गरायो ।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा आफ्नो गोल संख्या १६ पु¥याएका छन् । जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेको विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानस“ग उनले बराबरी गरे । विश्व फुटबलका अधिकांश कीर्तिमानमा आफ्नो नाम लेखाइसकेका मेस्सीका लागि यो अर्को ऐतिहासिक उपलब्धि हो । अझ रोचक पक्ष के हो भने उनले यो उपलब्धि आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेल्दै हासिल गरेका हुन् । राष्ट्रिय टोलीका लागि दुई सय खेल खेल्नु आफैंमा दुर्लभ उपलब्धि हो, त्यसमाथि विश्वकप मञ्चमा त्यसलाई ऐतिहासिक ह्याट्रिकले विशेष बनाइदिएको छ ।
अर्जेन्टिनाको जितमा मेस्सीका तीन गोल निर्णायक रहे पनि उनको भूमिका गोलकर्तामै सीमित रहेन । उनी कहिले मध्यपंक्तिमा झर्थे, कहिले आक्रमणको अग्रपंक्तिमा पुग्थे । उनको उपस्थितिले अल्जेरियाका रक्षकलाई निरन्तर दबाबमा राख्यो, जसले अन्य अर्जेन्टिनी खेलाडीका लागि खाली ठाउँ सिर्जना ग¥यो । यही कारण पनि अर्जेन्टिनाको आक्रमण व्यवस्थित र प्रभावकारी देखियो ।
अल्जेरियाका लागि भने यो कठिन रात रह्यो । उसले अनुशासित खेल प्रस्तुत गर्ने प्रयास गरे पनि अर्जेन्टिनाको स्तर फरक थियो । मेस्सीलाई नियन्त्रण गर्न नसक्नु हारको प्रमुख कारण बन्यो । उनीहरूका रक्षकले मेस्सीलाई रोक्न विभिन्न उपाय अपनाए, तर विश्व फुटबलका महानतम खेलाडीलाई रोक्न त्यो पर्याप्त भएन ।
खेलका मुख्य रेफ्री पोल्यान्डका सिमोन मार्सिनियाक थिए, जो विश्व फुटबलका सबैभन्दा प्रतिष्ठित रेफ्रीमध्ये मानिन्छन् । सन् २०२२ को विश्वकप फाइनल सञ्चालन गरेका उनले यस खेललाई पनि उत्कृष्ट ढंगले नियन्त्रण गरे । खेल विवादरहित रह्यो र अर्जेन्टिनाको प्रदर्शन नै चर्चाको मुख्य विषय बन्यो ।
त्यसो त, विश्वकप सुरु हुनुअघि धेरैले प्रश्न उठाएका थिए, ‘के मेस्सी अझै पनि विश्वस्तरीय प्रभाव पार्न सक्षम छन् ? के अर्जेन्टिनाले पुनः विश्वकप जित्ने सामथ्र्य राख्छ ?’ अल्जेरियाविरुद्धको यो खेलले ती प्रश्नको प्रारम्भिक उत्तर दिएको छ । मेस्सी अझै पनि खेलको दिशा बदल्न सक्छन् र अर्जेन्टिना अझै पनि उपाधिको बलियो दाबेदार हो ।
क्यान्सस सिटीको रात अर्जेन्टिनाले तीन अंक बटुलेको छ । यो रात अर्जेन्टिनाको विजयको कथामात्रै होइन, लियोनेल मेस्सी युगको अर्को उज्यालो अध्यायसमेत बनेको छ । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय यात्रापछि पनि उनी इतिहास लेखिरहेका छन् ।
सम्बन्धित समाचार
रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’का लागि खेल संघहरू ऐक्यवद्धता
रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
आजबाट सुरु हुँदै फुटबल महाकुम्भ (नेपाली समयअनुसार खेल तालिकासहित)
दक्षिण कोरियाको चेक रिपब्लिकमाथि सानदार पुनरागमन
कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सहज जीत
ग्रीनसिटीमा ओलम्पिकस्तरको स्वीमिङ पुल असोजभित्र निर्माण सम्पन्न हुने






