गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । गए राति करिब १ः३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए ।
मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका ’boutमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ ।
सम्बन्धित समाचार
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको भोटो अवलोकन (फोटोफिचर)
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
रास्वपाको बन्द सत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली
रास्वपा महाधिवेशन थप एक दिन लम्बिने
विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगियो
सत्ता पक्षकै सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित






