काठमाडौं । इराकमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी नेपाली चेली नरमाया सिन्जाली बुढाथोकीलाई दुई महिनाको कठिन उपचार र निरन्तर प्रयासपछि आज नेपाल पठाउन सफल भएको गैरआवासी नेपाली संघ (एनआरएनए) इराकले जनाएको छ।
एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार दुर्घटनापछि नरमायाको स्वास्थ्य अवस्था निकै चिन्ताजनक रहेको थियो। लामो समयसम्म अस्पतालमा उपचाररत रहँदा उनको जीवनरक्षाका लागि विभिन्न निकाय, नेपाली समुदाय तथा सहयोगी मनहरूको महत्वपूर्ण साथ र सहयोग प्राप्त भएको थियो।
दुई महिनाको अथक उपचारपछि उनको स्वास्थ्यमा अपेक्षाभन्दा राम्रो सुधार देखिएसँगै आज उनलाई सुरक्षित रूपमा नेपाल पठाउन सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्। उनले यो केवल एक व्यक्तिको उद्धार मात्र नभई विदेशमा रहेका नेपालीहरूबीचको एकता, मानवता र सहकार्यको उदाहरण भएको बताए।
अध्यक्ष श्रेष्ठले नरमायाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस मानवीय अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, संघसंस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले भने, “दुर्घटनापछि निराशाजनक अवस्थामा रहेकी नेपाली चेली आज स्वदेश फर्किन सफल हुनु हामी सबैका लागि खुसीको विषय हो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं र यस अभियानमा साथ दिने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौं।”
विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धार, उपचार र सहयोगका लागि गैरआवासी नेपाली संघ इराकले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। नरमाया सिन्जाली बुढाथोकीको स्वदेश फिर्तीले फेरि एकपटक संकटमा रहेका नेपालीहरूका लागि एकताको शक्ति र मानवीय सहयोगको महत्वलाई उजागर गरेको छ।
सम्बन्धित समाचार
साउदीमा ३३ नेपाली कैदीलाई आममाफी
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
यस्तो छ– रास्वपा महाधिवेशनमा खानाको मेन्यू
अद्यावधिकको नाममा सदस्यता खारेज गर्ने निर्णय अलोकतान्त्रिक भएको आरोप
रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सकियो
राष्ट्रिय धान दिवस: ६० वर्षमा कृषकका खेतमा ७० जातका धान
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख






