तेस्रो दाम्पत्य सम्बन्धमा बाँधिए अभिनेता आमिर

मुम्बई । ६१ वर्षीय बलिउड अभिनेता आमिर खान तेस्रो पटक फेरी श्रीमान बनेका छन् । उनले मुम्बईको बान्द्रा स्थित आफ्नो निवासमा आइतबार मध्यान्न परिवार तथा आफन्तलाई साक्षी राखेर प्रेमीका गौरी स्प्राटसँग औपचारिक विवाह गरेका छन् । उनको यो तेस्रो विवाह हो ।

मुस्लिम संस्कार अनुसार परिवारका सदस्यहरू, आफन्त तथा साथीहरूको उपस्थितिमा यो जोडीले एकले अर्कालाई पति पत्नीको रूपमा कबुल गरेसँगै विवाह सम्पन्न भएको छ । यसपछि उनीहरूले कानुनी रूपमा विवाह दर्ता समेत गरेका छन् । आमिर र गौरी बिच विवाह हुने चर्चा निकै समयदेखि चलेको थियो । तर यस पटक यी जोडीले आइतबार विवाह गर्दै विवाहको पहिलो तस्बिर पनि सार्वजनिक गरेका छन् ।

तस्बिर अनुसार आमिर र गौरी भुइँमा बसेर आफ्नो दर्ता विवाह गरिरहेको देखिन्छ । यो विवाहमा आमिरकी तेस्रो श्रीमती गौरीका छोरा पनि उनीहरूबिच उपस्थित छन्। आमिरको देब्रेपट्टि उनका छोरा आजाद देखिएका छन् । उनकी आमा जीनत आजादको पछाडि बसिरहेकी छिन्। परिवारका अन्य सदस्यहरू पनि तस्बिरमा देखिएका छन् ।

‘मिस्टर परफेक्शनिस्ट’ उपनामले परिचित आमिरको विवाहमा आमिरकी छोरी आयरा खान, छोरा जुनैद खान, उनका साथीहरू इरफान पठान, मुकेश अम्बानी, महाराष्ट्र नवनिर्माण सेनाका संस्थापक राज ठाकरे र परिवारका सदस्यहरू उपस्थित थिए । विवाहमा लगभग १५० जनाको उपस्थिति रहेको परिवार सदस्यहरूले जनाएका छन् । पाहुनाहरू आउँदा आमिरको घरमा पानी परिरहेको थियो । पाहुनालाई छाता ओढाएर घरमा आफन्तले स्वागत गरे ।

आमिरको यस अघि दुई विवाहको सम्बन्ध विच्छेद भइसकेको छ । उनले पहिलो विवाह सन् १९८६ मा अभिनेत्री रीना दत्तासँग गरेका थिए । जुनैद खान र आइरा खान दुई सन्तान रीना तर्फका हुन् । विवाहको १६ वर्षपछि आमिर र रीनाको दाम्पत्य सम्बन्ध अन्त्य भएको थियो । त्यसपछि केही समय प्रेम सम्बन्धमा रहेर आमिरले चलचित्रकर्मी किरण रावसँग सन् २००५ मा विवाह गरे । किरण र आमिरका एक छोरा आजाद छन् । आमिर र रिनाको विवाह पनि करिब १६ वर्षपछि २०२१ मा टुट्यो ।

यसरी दुई पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि आमिर पछिल्लो समय गौरीसँग प्रेम सम्बन्धमा जोडिएका थिए । आमिर र गौरीबिच २५ वर्ष पुरानो चिनजान हो । यही चिनजान र प्रेमलाई यी जोडीले यति बेला दाम्पत्य सम्बन्धमा परिणत गरेका छन् । आमिर तीन सन्तानका पिता हुन भने गौरीको पनि यस अघिको पतिका तर्फबाट एक सन्तान रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने