टेक्सासमा गोली लागेर एक नेपालीको मृत्यु, अमेरिकी सेनाले शव नदिएको पीडितको गुनासो

फाइल तस्बिर

टेक्सास । अमेरिकी सेनामा कार्यरत एक नेपाली युवाको गोली लागेर मृत्यु भएको एकसाता बिते पनि परिवारका सदस्यले अहिलेसम्म मृत्युको कारण र शव पाउन सकेका छैनन् ।

ताप्लेजुग घर भएका २४ वर्षीय सुनिल थापाको गत सोमबार तालिमको क्रममा गोली लागेर मृत्यु भएको जानकारी अमेरिकी सेनाले परिवारलाई दिएको थियो । उनका परिवारले भने अहिलेसम्म औपचारिक रुपमा मृत्युको कारण र शबसमेत हेर्न पाएका छैनन् । सुनिलका बुवा हेमले राजधानीसँग भने, ‘सात दिन भयो न शब हेर्न पाएको छु न मृत्युको कारण नै थाहा पाएको छु ।’

छोराको मृत्युको खबर पत्याउन नसकेका उनी भन्छन्, ‘छोराको अनुहार हेर्न पाएको छैन, शब कसरी पाउने, सेनासम्म कसरी पुग्ने कुनै ज्ञान छैन,’ उनले अमेरिकामा रहेका नेपाली र नेपाली समुदायको समेत सहयोग नपाएको गुनासो गरेका छन् ।

घरका सबै सदस्य बेहोस जस्तै भएको बताउदै उनले यथार्थ घटना के हो भन्नेसम्म थाहा नपाएको बताए । केहि महिना अघि पदोन्नति भएका सुनिल १५ दिन अघि मात्र बिदा लिएर घर आएका थिए । बिदा सकेर काममा फर्किएलगत्रै उनको मृत्युको खबर परिवारलाई दिइएको हो ।

थापा परिवारले छोराको मृत्युको कारण र शव पाउन अमेरिकाको विभिन्न राज् स्थित अमेरिकी सैन्य कार्यालय धाउदा पनि घटना’bout जानकारी पाउन नसकेको गुनासो गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार परिसरकै गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक’