कर्णाली सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीले दिए सामुहिक राजिनामा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् । एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए ।

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।

मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कडेललाई राजिनामा बुझाएर बाहिरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

भण्डारीले सरकारलाइ दिएको समर्थन फिर्ता नलिएको तर मार्ग प्रस्ततका लागि राजिनामा दिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

खोटाङको जेलमा खाना खाएर सुतेका कैदीको मृत्यु