छोरा छोरीले थर हटाएपछि अभिनेता ब्राड पिट दुखी

न्युयोर्क । आफ्ना छोरा छोरीहरू आफ्नो थर अर्थात् ‘सब नेम’ हटाएको घटनालाई हलिउड हलिउड अभिनेता ब्राड पिटले गंभिर रूपमा लिएका छन् । ब्राड पिट आफ्ना बच्चाहरूसँगको सम्बन्ध तनावपूर्ण हुनुमा पूर्व पत्नी एन्जेलिना जोली जिम्मेवार रहेको आरोप लगाएका छन् । हुन पनि उनकी छोरी शिलोह र छोरा म्याडक्सले यस अघि नै आफ्नो थरबाट ‘पिट’ हटाइसकेका छन् ।

यसै क्रममा एन्जेलिना जोली र ब्राड पिटकी छोरी जहारा पिट अहिले २१ वर्षकी भइन् । उनी ब्राडका धर्मपुत्री हुन् । जहाराले पनि आफ्नो नामबाट बुबा ब्राड पिटको थर‘पिट’ हटाउन थालेकी छिन् । बहिनी शिलोह र भाइ म्याडक्सले बुबाको थर आफ्नो नामबाट हटाएपछि आफूले पनि सोही बाटो अपनाएको जहाराले बताएकी छिन् ।आफूले बुबाको थर आफ्नो नामको पछाडिबाट कानुनी प्रक्रियामै हटाउन लागेको उनले बताएकी छिन् ।

मिडियाले प्राप्त गरेको अदालती कागजात अनुसार, जहाराले क्यालिफोर्नियाको कानुन अनुसार लगातार चार हप्तासम्म लस एन्जलस डेली जर्नलमा आफ्नो नामबाट बुबाको थर हटाउनको लागि सूचना प्रकाशित गरिन् । उनका यी सूचनाहरू१६ जुन, २३ जुन, ३० जुन र ७ जुलाईमा सोही डेली जर्नलमा प्रकाशित भयो । जहाराले आफ्नो नाम ‘जहारा मार्ले जोली पिट’बाट कानुनी रूपमा ‘जहारा मार्ले जोली’मा परिवर्तन गर्न अदालतमा निवेदन दायर गरेकी छिन्।

उनको यो मागदावीको विरोध गर्न चाहने जो कोहीले पनि आगामी २८ सेप्टेम्बरमा हुने अन्तिम सुनुवाइ अघि लिखित आवेदन पेस गर्नु पर्नेछ । यदि उनको नामबाट थर हटाउने मागमा कसैले पनि आपत्ति नजनाएमा न्यायाधीशले ‘पिट’ थर हटाएर नाम परिवर्तनलाई अनुमोदन गर्नेछन् ।

२०१६ मा ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्ध विच्छेद भएको हो । यो सम्बन्ध विच्छेद हलिउडमा सबैभन्दा बढी चर्चामा थियो। वास्तवमा, यो जोडीलाई हलिउडका फ्यानहरूमाझ आदर्श मानिन्थे । त्यसैले उनीहरूको दाम्पत्य सम्बन्ध विच्छेदले प्रशंसकहरू दुःखी भए । उनीहरूका छोरा छोरीहरू पनि यस सम्बन्ध विच्छेद घटनाबाट लामो समयसम्म प्रभावित भए । सोही कारण आफूहरूले बुबाको थर हटाएको छोरा छोरीको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

खान अयोग्य मिठाई विक्री गर्ने वीरगन्जका ३ पसल दण्डित